नेत्रज्योति संघ, प्रदेश सभापतिमा रुपन्देहीका सागरप्रताव राणा चयन !

प्रेम सुनार, गुल्मी २०७६ भदौं २५ । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा रुपन्देही शाखाका सागरप्रताप राणालाई निर्वाचित भएका छन् ।

हिजो मंगलबार देखि गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले राणालाई सर्वसम्मत सभापति पदमा र अन्य पदाधिकारी सहित ९ सदस्यीय कार्य समितको बुधवार सार्वाजानिक गरिएको हो ।

अधिबेशन ब्यवस्थापन समितिका सदस्य एवं उपप्राध्यापक पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्षमा दाङ्घ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।

सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य , गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमरा श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्यी प्रदेश कार्य समिति गठन भएको छ ।

अधिबेशन ब्यवस्थापन समितिका संयोजक तथा रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले अधिवेशन गुल्मीमा सम्पन्न गर्न पाएको आफुहरुले ऐतिहासिक रुपमा लिएको बताए ।

गुल्मीकै बासीन्दा संघका केन्द्रिय सचिव भरतबहादुर चन्दले पनि प्रथम अधिवेशन गुल्मीमा सम्पन्न हुनु आफैमा ऐतिहासिक रहेको प्रतिकृया दिए । मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, संघका उपाध्यक्ष तोयराज पन्त , महासचिव श्यामकुमार पोखरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !