बिहुँमा जेठाबुबाबाट ११ वर्षिया भतिजी बलात्कृत : बडीगाडकी भीमकलीले किन गरिन आत्महत्या ?

बागलुङ २०७६ भदौ २४ । काठेखोला गाउँपालिका ५ बिहुँ श्रीपालीका जेठाबुबाले भाई तिलबहादुर सुनारकी ११ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । आज विहान विहुँ प्रहरी समक्ष पीडितकी आमा तीला सुनारले जाहेरी दिएपछी घटना सार्वजनिक भएको हो ।

तीजको दरखाने दिन साँझ ४ बजेको समयमा पीडित किशोरीलाई निजका जेठाबुबा ६१ वर्षिय चन्द्रबहादुर सुनारले यौनदुराचार गरेको पीडिताकी आमा तीला सुनारले बताएकी छिन् । स्थानीय एक प्राथमिक विद्यालय कक्षा ५ मा अध्ययनरत किशोरीलाई यौन दुराचार गरेपछी जेठाबुबा चन्द्रबहादुर फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य परीक्षण गर्न धौलागिरी अस्पताल पठाएको जनाएको छ ।

उता बडीगाड गाउपालिका ५ बाहादीपकी २४ वर्षिया भीमकली सुनारले झुण्डिएर आत्महत्या गरेकी छन् । मृतककी जेठानी तिलमायाँ सुनारले ‘कुखुरा छ कि…’ भनेर देउरानी भीमकली कहाँ सोध्न जाँदा छिमेकी युवक मदन बलालसंग आपत्तिजनक अवस्थामा देखेपछी निज युवक झ्यालबाट हाम्फाली भागेको बताएपछी घटना डढेलोको आगो झैँ फैलियो ।

यसै घटनालाई लिएर छरछिमेकी भेला भै श्रीमान रोजगारीको लागी मलेशीया रहेको बेला यस्तो काम नगर्न सम्झाई बुझाई गरिएको श्रोतले बतायो । दिउसो मृतकका ससुरा गाईबस्तुलाई घाँसपात गर्न जाँदा भीमकलीलाई झुण्डिएको अवस्थामा देखेको बताईएको छ । मृतक भीमकलीले सुसाइड नोटमा ‘मेरो गल्ती छैन जेठाजु जेठानीले गर्दा मैले यस्तो गर्नु प-यो छोरीलाई दु:ख नदिनु …’ यस्तै व्यहोरा लेखेर छोडेकीले प्रहरीले जेठाजु रबिलाल भन्ने धनबहादुर सुनार र निजकी श्रीमती तिलमायाँलाई सोधपुछका लागी जिल्ला प्रहरी कार्यालय बागलुङ बोलाई खोजेका बखत उपस्थित हुनेगरी छोडेको श्रोतले बतायो । यस घटनालाई लिएर बडीगाडमा ‘आत्महत्या गर्न दुरुत्साहन’ को चर्चापनि चलेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !