शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकले पढाएर, बिद्यार्थीले पढेर र अभिभावकले रटाएर मात्र पुग्दैन – शर्मा

फलेवास नगरपालिकाव्दारा राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट बिद्यालय तथा बिद्यार्थी सम्मानित !

लक्ष्मण विश्वकर्मा ,फलेवास २०७६ भदौ २३ । पोखरा बिश्व बिधालयका रजिस्ट्रार गोविन्द प्रसाद शर्माले सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर सुधारका लागि राष्ट्रिय शिक्षा नितिमा सुधार गर्दै युग सुहाउँदो शिक्षामा जोड दिनुपर्ने बताउदै शिक्षकले पढाएर, बिद्यार्थीले पढेर र अभिभावकले रटाएर नहुने बताएका छन् । प्रमुख अतिथि शर्माले फलेवास नगरपालिकाको आयोजनामा भएकाे ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरास्ट्रिय साक्षरता दिवस २०७६ समाराेहलाइ सम्वाेधन गदै यस्ताे बताएका हुन ।

“हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण“ भन्ने मुल नारासंगै फलेवास नगरपालिकाको आयोजनामा उत्कृष्ट बिद्यालय तथा बिद्यार्थी सम्मान र अन्तरक्रिया कार्यक्रम संचालन गरि शिक्षा दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले शिक्षा सम्बन्धि उपयुक्त नियम बनाएर त्यसको सबैले पालना गर्नुपर्ने बताए । बिश्व बिद्यालयको बेथितिलाई अन्त्य गर्नको लागि निति, नियम र पद्धति अनुसार सहि नेतृत्व छनोट गर्दै देशमा उचित शिक्षा प्रदान गर्नुपर्ने उनले बताए ।

देशमा शैक्षिक वातावरण सिर्जना गरि दक्ष जनशक्ति उत्पादन गर्दै देशलाई विकसित गराउनको लागि सरकारले शिक्षामा भरपुर लगानी गर्दै बिद्यार्थीको विदेश पलायन रोक्नुपर्ने शर्माको भनाई थियो । फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा संचालन गर्नको लागि आफ्नो तर्फबाट सशक्त पहल गरेको र अब छिट्टै प्राबिधिक शिक्षा संचालन हुने उनले स्पष्ट पारे ।

त्यस्तै कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको बताउदै कुनैपनि कार्यमा एकैचोटी सफलता प्राप्त नहुने हुदा निरन्तरताको प्रयासले नै सफल हुन सकिने बताए । शैक्षिक गुणस्तरको लागि संघ र प्रदेशसंग नबाझिने गरि नगरपालिकाले शिक्षा नियमावली तयारी गरि शिक्षा सम्बन्धि ३६ वटा कानुन बनाएर शैक्षिक सुधारमा जोड दिएको उनको भनाई थियो । समाजमा असल कर्म गर्दै फलेवासको शैक्षिक क्षेत्रमा योगदान पुयाउने सबै बिद्यालय तथा असल शिक्षकहरुलाई नगरपालिकाले क्रमशः सम्मान गर्दै जाने नगरप्रमुख शर्माले बताए ।

कार्यक्रममा नेपाल कम्नुनिष्ट पाटी नेकपाका फलेवास नगर अध्यक्ष पितम्बर घिमिरे, नेपाली काग्रेस फलेवास नगर संयोजक हिरामणी सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन फलेवास नगर अध्यक्ष दिपक रेग्मी, नेपाल शिक्षक संघ फलेवास नगर कमिटी अध्यक्ष पुर्ण कुमार श्रेष्ठ,अनेरास्ववियु पर्वतका नेता लकास सुवेदी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा एसईई परिक्षा २०७५ मा पर्वतबाट प्रथम स्थान हासिल गर्ने नमुना आवशीय माबि कुस्माकी सुजता शर्मा, नगर प्रथम हुने छात्रा तर्फ फलेवास मोडेल अग्रेजी आवसीय माबि देविस्थानका अप्सरा थापा र छात्र तर्फ भवानी बिद्यापीठ माबिका सुदिप पन्तलाई नगद २ हजार र सम्मानपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै प्राविधिक तर्फ माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायीक माबिका विजय सुवेदी र एलिजा सापकोटालाई सम्मान गरिएको छ । साथै एसईई परिक्षा २०७५ मा उत्कृष्ट नतिजा ल्याउने उक्त बिधालयहरुलाई समेत सम्मानपत्र बाट सम्मान गरिएको थियो ।

उत्कृष्ट सिकाई उपलब्धि अनुदान प्राप्त गर्न सफल कार्कीनेटामा रहेको अन्नपूर्ण माबिलाई सम्मान गरिएको छ भने उत्कृष्ट कार्य सम्पादन अनुदान प्राप्त गर्न सफल जनता माबि देविस्थान, थापाठाना माबि थापाठाना, जनसहयोगी माबि शंकरपोखरी, जनजागृत आबि थापाठाना र शिशु निकेतन आबि देविस्थानलाई पनि सम्मान गरिएको छ । साथै माद्यामिक शिक्षा उत्तीर्ण परिक्षा (१२) मा राष्ट्रिय रुपमा तेस्रो भएको भवानी बिधापिठ माबिलाई सम्मानपत्रले सम्मान गरिएको छ । सोही अवसरमा नगरबासी शिक्षाप्रेमि व्यक्तित्व पोखरा विश्व बिधालयका रजिस्ट्रार गोविन्द प्रसाद शर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख मन्जु अधिकारीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन योजना व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले गरेका थिए ।

सरकारले सामुदायिक बिद्यालयमा शिक्षामा गरेको लगानी बालुवामा पानी : शिक्षा प्रमुख उद्धिमराज पौडेल

त्यस्तै दोस्रो चरणमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले सरकारले सामुदायिक बिद्यालयमा शिक्षामा गरेको लगानी बालुवामा पनि हालेजस्तो भएको बताउदै अब स्थानीय सरकारले यसलाई सुधार गर्नुपर्ने बताए । प्रमुख पौडेलले शिक्षकहरुले जिम्मेवार, जवफादेही र उत्तरदायी रुपमा आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताए ।

समय सापेक्ष गुणस्तरीय शिक्षा र प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउदै शैक्षिक क्षेत्रको सुधारका लागि सबै पक्षबाट सकारात्मक भुमिका खेल्नुपर्ने पौडेलले बताए ।
प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले शिक्षा दिवसको सन्दर्भमा फलेवास नगरपालिकाको बस्तुस्थितिको बारेमा जानकारी गराउदै नगरले गुणस्तरीय शिक्षाको लागि कार्य्बिधी र निर्दे्शिका अनुरुप नियम बनाएर कार्यन्वयन गरेको बताए । नगरले बनाएको नियमलाई सहि तरिकाले पालन गरि गुणस्तरीय शिक्षामा जोड दिन शिक्षकहरुलाई उनको आग्रह थियो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक तथा शिक्षा समितिका संयोजक तथा वार्ड नं. ९ का अध्यक्ष गंगाधर शमार्, नमुना आवसीय माबिका अध्यक्ष यम प्रसाद शर्मा लगाएले मन्तव्य दिएका थिए ।

बिद्यालयको शैक्षिक सुधारका लागि विव्यस, शिअस लगायत स्थानिएले पनि चासो दिनुपर्ने बताउदै शिक्षक बिद्यार्थी र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्ध रहनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा फलेवास नगरको शिक्षा ऐन तथा नियमावलीको आधारमा जनप्रतिनिधि, शिअस बिव्यास शिक्षक प्रअ र बिद्यार्थीको समुह बनाई आ आफ्नो काम कर्तव्य र अधिकारका विषयमा अन्तरक्रिया गरिएको थियोे ।

समुहको तर्फबाट जनप्रतिनिधिको तर्फबाट फनपा २ थापाठानाका वार्ड अध्यक्ष गंगानारायण श्रेष्ठ, प्रधानाध्यापकको काम कर्तव्य र अधिकारका विषयमा लिमिठाना माबिका प्रअ यम प्रसाद शर्मा ,शि.अ.स.को तर्फबाट भवनी बिद्यापीठ माबिका शि.अ.स.अ तोयानाथ पौडेल बिद्यार्थीको तर्फबाट ध्रुब नमुना माबिका महेश प्रसाद भुसालले काम कर्तव्य र अधिकारका विषयमा अन्तरक्रिया गर्दै सुधारको पक्षमा चर्चा गरेका थिए ।

दोस्रो चरणको कार्यक्रम नगर शिक्षा अधिकारी कृष्ण प्रसाद श्रेष्ठले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !