ओ कवी ….!

हे कवी हो किन
आफु रेटिएर अरुको प्राण बचाउछौ
यो प्रहर आकाशमुनी निदाएका छन
तिम्रा सन्तान र सन्ततिहरु।
तर
तिमी लेख्छौ
तिम्रा कबिताहरु लीलामी बन्दैछन यहाँ
तिम्रा गिद्दी हल्लाउने प्रती तिमी
कहिलै वैरत्तो भाव देखाएनौ
तिम्रा कविताहरु मुल्यवान् छन् ।

तिमी मरेर अरुलाई बचाउछौ
तिम्रो कुनै महल छ छैन?
तिमी स्वाभिमान भ्एर जिएका छौ
नैसर्गिक भएर जिएका छौ
हो तिमी आफु मरेर
अरुलाई बच्चाएका छौ
संसार बचाउने कसम ले
तिमी कहिलै बाच्ने कुरा गरेनौ ।

था छ कवी
आकाश बाट बिसाक्त उल्काहरु
किन खस्दैनन?
संस्कार नाप्ने स्टेथेस्कोपहरु ठप्प
किन हुँदैनन?
तिम्रो तलब भत्ता र पेन्सन किन हुँदैन?

प्रिय कवी तिमी
आफु रोएर सारा संसार हँसाउँछौ
तिमी जिवित हुँदा कोही रुदैनन्
तिम्रो अवसान पछी
किन किरिया बस्छन दुष्टहरु
तिम्रो मन जलेर के भो
करोडौ मनहरु हाँसिरहेछन
तिम्रो साथमा खण्डहर बनेर
बिजाउने दुस्ठरु हासिरहेछन

कवी भावनाको हत्या गर्ने दुस्कर्महरु
पिडामा जलिरहेछन
तिम्रा झोला भित्र मेरा कलमहरु छन्
हजारौं सम्झनाहरु छन्
प्रकृती रोएको बेला
म तिम्रो कविताको साथमा रहन्छु
कवी तिम्रा झोला भित्र मेरा कलमहरु छन्
निवार्ध लेख्नु
यी कलंकहरुका दुस्नियतका विरुद्दमा
तिमी लाई नेपाल आमाका हजार आर्शिवाद लाग्नेछन्

आशिष सापकोटा
बागलुङ, हाल अमेरीका

२०७६ भदौ २२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !