आत्मबोध : एक न्यायिक कानून

कृष्णकुमारी बास्तोला

सही के हो र गलत के हो ? असल के हो र खराब के हो ? सबैभन्दा जटिल प्रश्न अनि त्यही प्रश्नले मागेको उत्तरको खोजी गर्दा नसकिएका सास्ती प्राय अन्योलमा होलान । आफैले आफैलाई बुझ्न सक्नु, जान्न सक्नु यस्ता अनौठौ खोज आफैमा एउटा अनुसन्धानात्मक कार्य होला अथवा आत्मबोधको ऐना होला ।

हामी समाजका सभ्य नागरिक, अरुलाई देखाउनको लागि मात्र हैन साच्चै आफ्नै आत्माले बोध गर्ने गरेर बन्न सकिदैन र ? “म” पात्र र “उ” पात्रको युद्धबिराम पछि मात्र “हामी” पात्रको कोमलयुक्त परिभाषको पार्दुभाव हुन्छ । सुन्दैमा अनौठो ,रम्न सकिने,आनन्द लिन सकिने, सिकिने माहोल अनि सिकाउन सकिने माहोल “हामी” भन्ने पात्र बाटै हुने हा े। होइन र ? कहिले सम्म “म” पात्र र “उ” पात्रको घमण्डमा एक अर्कालाई घमण्डी ठहराउने र आफुले आफैलाई मात्र स्वभिमानका परिभाषा दिएर अरुलाई चाहिँ खाल्टोमा पारिरहने ? सुन्दैमा टुक्रने अनि कहालि लाग्दो अनुभूति लाग्ने एकल अवस्थाका “म” र “उ” पात्रलाई के मिलाउन साच्चिकै सकिदैन र ? यी पात्रलाई मिलाएर सुशासनको बाटोमा भविष्यका आकुराहरु उमार्न सकिदैन र ? यवम रित ले समृद्दिको लागि चहकिलो दियो बलेझै प्रकाश छर्न के दक्षता खुबी र ज्ञानको कुञ्ज हुदाहुदै पनि अदृश्य दाईजो भेटी चढाउनु पर्ने नै हो र ? नमागी नमागी मागिएको अदृश्य दाँईजो भेटी चढाउन नसकेकै कारण आफ्नो सङलो कर्तव्य, एकाग्रता, पबित्रताका परिभाषामा नसा चढे झै अरुका झुटा व्याख्यालाई हैन भन्न पनि नपाउने गरि मोडिनु पर्ने नै हो र ?

शान्त, रिस, खुशी, माया, घृणा, घमण्ड, सद्भावना जस्ता मनोभाव सबैमा हुन्छ । कुनै एक मात्र सधै शान्त,ज्ञानी हुदैन । सबै मनोभाव प्राय सबैमा हुन्छ, कुन मनोभाव को अधिपत्यले व्यक्तिमाथि विजयगाथा चुम्न सफल भयो भन्ने कुरा न हो । ऊ माथि दिएका वातावरणले मनोभावका सृजनालाई खेलाउने फुलाउने र मगमगाउने नै न हो आखिर ।

मन्दिरको स्थापना गरेझै गरि अनि त्यही मन्दिरमा आश्रय लिन गएका माथि विश्रामको मूल्य खोज्नेलाई कसरी जवाफ दिने त? अर्कोतिर झुपडी मा गई पाहुना बनेर दुखीको आशु पुछिदिने ले कहिले सम्म अरुको गलत प्रहारको कारण आफुले आफैलाई दुखी बनाएर बस्ने त ? हरबखत जिबन जगत को अबिरल छहारीमा “हामी” पात्र ले जिउने कलालाई सर्बोत्कृष्ट बनाउन सक्छौ । “म” र “उ” पात्रले एक अर्कोलाई दोहोन गर्यो भने त जिबनकलाको रुप नै कुरुप बनिदिन्छ । सामाजिक, भावानात्मक, शारीरिक, न्यायिक कुरामा दोहोन गरेर टुक्राइएका बिशिष्टतालाई लगाईदिएको मालाले कहिलेसम्म कुनबेलासम्म खुशी प्राप्त गर्ला ? कोही गरिब यति विघ्न पनि छैन कि उस्ले खुशी र सन्तुष्ट लिन नपाओस ्। र कोही धनी यति विघ्न पनि छैन कि उस्ले सादा जीबनमा उत्कृष्टतता किन्न सकोस् । कक्षाकोठामा लैङिगकता को पाठ सिकाएर बाहिर निस्कन नपाउदै कोहि महिला माथि असहज हिसांको व्यबहार गर्छ । उच्च पदमै रहेको मानिसले दोहोरो अर्थ लाग्ने व्यवहार गर्छ,अनि सैद्धान्तिक व्याख्या को हत्या गरेर वा तोडमोड गरेर हिंसाको भ्रुणलाई हुर्काईदिन्छ । अर्को पाटोबाट हेर्दा कोही फेरी कानुनका पाठ बडो चतुर तरिकाले पढेर गल्ति नै नभएका पुरुषलाई नफसाउने पनि होईनन ।

महिला हुनु प्रकृतिले दिएको शारीरिक संबेदनशील अंग हुनु उस्को कदाचित कमजोरीको निसाना हैन र हुदै होईन । जहा पुरुष भएकै दंभका आधारमा पुरुषले हिंसा गरोस् र महिलाले मेरो अपमान फैलन्छ भनेर सहेर बसोस् भित्र भित्रै मरेर बाचोस् । पहुँचमूलक ठाउँमा त आवाज उठ्लान साथ पनि पाउँलान् तर हिंसा भनेको के हो ? यो पनि नबुझेका र हिंसामा पर्दा पनि आबाज उठाउँदा उल्टै आफ्नो ईज्जतको खिल्ली उड्ने डरले आफैलाई मनोरोगको बिरामी बनाएर बस्नीको आबाज कस्ले सुन्ला, कस्ले उठाईदेला ? उनीहरुको न्यायका लागि तारे होटेलमा चलाइएको सेमिनार भन्दा उत्तम त पहुँच नपूगेको ठाउँमा पुगेर सारथि को भूमिका खेलिदिनु वेस होला नि हैन र ? होइन भन,े अझै पनि देवत्वकरण मानिएका र अरुको नजरमा पत्यार कुनै पनि हालतमा नलाग्ने ढोंगी देबताहरुबाट नै अबोधहरुको बलात्कार हुन छोड्दैन । हिंंसाका जराहरु उखेलिन सक्दैनन् । अनि विदेशीन्छन कोही, मनोरोगी बनिदिन्छन् कोही, जिन्दगी नै जिउन छोडिदिन्छन कोही । त्यसैलै “म” पात्र अनि “उ” पात्र तिमीहरु सुधार आफैलाई, जब सम्म आत्मबोध गर्दैनौ र आफैलै आफैलाई सुधार गर्दैनौ तबसम्म अरुले बनाएका न्यायिक कदमहरुले पनि पाइला चाल्न सक्दैनन । हरेक पात्र स्वतन्त्रता मा उड्न चाहान्छ ,खुशीको श्वास फेर्न चाहन्छ । स्वभिमान र अस्मिताको लाज राख्न चाहन्छ । त्यसैले आत्मबोध सरल बुझिने र व्यबहारमा ल्याउन सकिनी एक न्यायिक कानून हो, जहाँ बोझिला भाषा हुदैन ।

२०७६ भदौ २२
तमानखोला गाउपालिका
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !