निजामती सेवा दिवसकाे अवसरमा बागलुङ बजारमा डेंगु रोग सम्वन्धी जनचेतना कार्यक्रम सम्पन्न !

बागलुङ २०७६ भदौ २० । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा शुक्रबार विहान बागलुङ बजारका विभिन्न टोलहरुमा डेंगुरोग सम्वन्धी जनचेतना मुलक कार्यक्रम सन्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयको संयोजन, खानेपान तथा सरसफाई डिभिजन कार्यालयको सहसंयोजन, बागलुङ नगरपालिका, साझेदारी प्रहरी सेवा, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म बागलुङ, विभिन्न संघसंस्थाहरु, निजामती सेवा निवृत्त कर्मचारी बागलुङ लगायतको सहभागितामा विहान सम्पन्न सचेतना कार्यक्रममा बजार क्षेत्रमा रहेका फोहोर मैला सरसफाईका साथै ठाउठाउँमा राखिएका ड्रमहरु समेत हटाउने काम भएको थियो ।

सचेतना याली स्वास्थ्य कार्यालयबाट सुरु भै चिप्लेटी बसपार्क, बुद्धचोक, लालीगुँराश चोक, अस्पताल हुँदै समीक्षालय चोकमा पुगेपछी कोणसभामा परिणत भएको थियो ।
्कोणसभा निजामती कर्मचारी सेवा दिवस मुल समारोहका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कोण सभामा प्रमुख अतिथी बानपाका नगरप्रमुख जनकराज पौडेलले डेंगुरोग विरुद्धा नगपालिकाका सबै वडाहरुमा सचेतना कार्यक्रम सन्चालन गरिने जानकारी दिएका थिए । सो अवसरमा धौलागिरी अस्पतालका स्वास्थ्य अधिकृत रामप्रसाद खनालले डेंगु रोग सम्वन्धमा जानकारी प्रस्तुत गरेका थिए ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !