बोङगादोभान स्वास्थ्य चौकीका अहेब थापा पारामेडिक्स स्वास्थ्यकर्मीको अवार्डबाट सम्मानित !

बागलुङ २०७६ भदौ १९ । तमानखोला गाउँपालिकामा रहेको बोङगादोभान स्वास्थ्य चौकीमा कार्यरत अहेब राजनकुमार थापालाई काठमाण्डौंको एक सञ्चार माध्यमले यस बर्षका उत्कृष्ट पारामेडिक्स स्वास्थ्यकर्मीको अवार्ड प्रदान गरेको छ ।

काठमाडौंबाट प्रकाशित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा अहेब थापालाई उत्कृष्ट पारामेडिक्स स्वास्थ्यकर्मीको रुपमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले उक्त अर्वाड प्रदान गरेका हुन । उनले दुर्गममा बसेर स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

आफ्नो सेवाको साढे चार वर्षमा थापाले बोँगादोभान जस्तो जिल्लाको दुर्गम स्थानमा रहेर धेरै पुण्य कमाएका छन । बि.स.२०४५ सालमा बाजुरामा जन्मेका थापा बि.सं. २०७१ साल माघ ६ गते नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदमा नियुक्ति लिएका थापा संग थुप्रै अनुभव रेको छ । उनलाइए यस क्षत्रका जनताले एक योग्य भरपर्दो स्वास्थ्यकर्मीको रुपमा लिएका छन् ।

थापा बिरामीको समस्या बुझेर घरमै उपचार सेवासमेत दिन्छन् । आफूले गर्न नसक्ने उपचारका लागि तुरुन्त रिफर गर्छन्। सस्तो, सहज र राम्रो उपचारका लागि सल्लाह दिन्छन् । जिल्ला सदुमुकाम देखी झण्डै २८ कोष टाढा रहेको उक्त स्वास्थ्य चौकीमा रहेर अधिकाशं दलित र जनजातिको बाहुल्यता भएको यस क्षेत्रमा नागरिकहरुलाई सरल, सहज, प्रभाबकारी र गुणस्तरिय स्वास्थ्य सेवाको प्रत्याभुति गराउन दृढ संकल्पका साथ थापा आफ्नो सेवाप्रति सर्मपित भए ।

थापा बोङगादोभान आउँदा स्वास्थ्य संस्थाको भवन अभावमा साविकका गाविस कार्यालयमा स्वास्थ्य संस्थाको कार्यालय थियो । उक्त स्थानलाई व्यवस्थापन गरेर संचालन गर्ने तयारी गरे तर भौतिक उपकरणको अभाव र आवश्यक पुर्वाधार नहुँदा जनतालाई सेवा दिन निकै कठिनाई भएको थियो । स्वास्थ्य संस्थामा संचालित बर्थिङ सेन्टरमा प्रयाप्त र ब्यबस्थित उपकरणहरु नहुदाँ सुरक्षित प्रसुति सेवा दिन धौ–धौ थियो । जति सक्दो स्वास्थ्य संस्थाबाट नै बढी भन्दा बढी सेवाप्रबाहगर्नु पर्छ भन्ने उदेश्यले उनले कामगर्दै आएका छन् । स्वास्थ्य संस्थाको प्रमुखको जिम्मेवारी पाएका थापाले स्वास्थ्य चौकी संचालन तथा ब्यबस्थापन समितिको बैठक राखी स्वास्थ्य संस्थाबाट सेवालाई कसरी सरल, प्रभाबकारी बनाउन सकिन्छ भनेर छलफल गर्ने गर्दथे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !