गुल्मी अस्पतालका डाक्टर पाच्यालाई यस बर्षको उत्कृष्ट डाक्टरको उपाधी !

प्रेम सुनार गुल्मी २०७६ भदौ १९ । जिल्ला अस्पताल गुल्मीका मेडिलक सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्यालाई काठमाण्डौंको एक सञ्चार माध्यमले यस बर्षका उत्कृष्ट डाक्टरको उपाधी प्रदान गरेको छ ।

काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट डाक्टरका रुपमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको हातबाट बुधवार उक्त उपाधी प्रदानगराएको हो ।

उत्कृष्ट डाक्टरको उपाधी पाएका डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे बापत उक्त उपाधीबाट सम्मानित गरेको त्यस पत्रिकाले जनाएको छ । उनी गुल्मीमा आए देखि सिजेरियन सेक्सन नियमित बनाएका छन् । त्यस्तै एपेन्डिसाईडस् , हाईड्रोसिल लगायतका जोखिमपुर्ण शल्यक्रिया (अप्रेशन ) गरेर जिल्ला बाहिर जानु पर्ने जिल्लावासीको बाध्यता अन्त्य गरि दिएका छन् ।

उनी आए देखि गुल्मीमा प्रशुती सेवा लिने महिलाको संख्या दोब्बर भन्दा बढि बृद्धि भएको छ । केहि बर्ष अघि सम्म सरकारी अस्पताल गरिवहरुको मात्रै हो कि जस्तो भई रहेकोमा उनी आए देखि सबै बर्ग समुदायमा सरकारी अस्पताल प्रति आश्था बढेको छ र विरामीहरुको घुईचो लाग्ने गरेको छ । उनी गुल्मी पराल्मीका वासीन्दा पनि हुन् । सो पत्रिकाले विभिन्न स्थानका अन्य स्वास्थ्यकर्मीहरुलाई पनि सम्मानित गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !