निसीखोला बचत तथा श्रण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न !

बिमल खड्का २०७३ पुस २३ । निसीखोला बचत तथा रिण सहकारी संस्था लि.को छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ शेयर सदस्य मानसिंह गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शेयर हिरा बहादुर पुन, थम्मन घर्ती, जनक छन्त्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका सचिव झक बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन, ऋण संयोजक हुतराज भुसालले ऋण लगानी हिसाब प्रतिवेदन र लेखा समितिका संयोजक पाराश्वर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा साधारणसभाबाट भावी कार्ययोजना माथि व्यापक छलफल गरि सबै प्रतिवेदनहरु पारित गरिएको बताइएको छ । संस्थाका अध्यक्ष भुमिराज घर्तीको अध्यक्षता र शेयर सदस्य चित्रा कुमारी पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव झक बहादुर क्षेत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *