राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडीगाडकाे तीजी मेला सम्पन्न !
गायिका भण्डारीले ‘भाउजूको हाईहाई छ, दाई लाहुरे भएर …’ बोलको गीत गाउँदा दर्शकहरु नाँचेर उत्पात !

कमल पौडेल, खर्वाङ (बडीगाड) २०७६ भदौ १९ । राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडीगाड गाउँपालिका २, खर्वाङले डुडेवाचौरमा आयोजना गरेको खुल्ला तीजीगीत तथा नृत्य प्रतियोगिता बुधवार साँझ सम्पन्न भएको छ । कार्यक्रममा आकर्षणको रुपमा रहेकी लोकगायिका प्रिया भण्डारीसँग सांसद देवेन्द्र पौडेल सहित खर्वाङ आसपासका स्थानिय मज्जाले झुमे । बिगत २०४६ साल देखी ऋषिपन्चमीको भोलि पल्ट मनाईदै आएको यो तीजी कार्यक्रम यस क्षेत्र (बागलुङ र गुल्मी जिल्ला) को ठूलो तीजी मेला हो ।

गायिका भण्डारीले ‘भाउजुको हाइहाइ छ दाइ लाहुरे भएर’, ‘कान्छी ओइ कान्छी’ लगाएतका गीत गाउँदा दर्शकहरु बेस्सरी नाचेका हुन्। यस क्षेत्रकै सवैभन्दा ठूलो तीजी कार्यक्रमको रुपमा परिचित सो कार्यक्रममा भण्डारी संग दिउँसो देखि राति सम्म युवा युवती देखि वृद्ध सम्म नाचे।

सो खुल्ला तीजीगीत प्रतियोगीतामा १६ समुहको सहभागिता रहेको थियो। जसमध्य भानु माध्यमिक विद्यालय बडीगाड ५ ग्वालीचौर प्रथम, त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६, भुवाचिदी , व्दितिय तथा त्रिभुवन नमुना मावि खर्वाङ तृतिय भए ।

उत्कृष्ठ गायनमा पौदीटारी आधारभुत विद्यालय र उत्कृष्ठ नृत्यमा विजयशील युवा क्लव मालिका गाउँपालिकाले पुरस्कार हात पारेका छन्।

कार्यक्रम अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, संघीय साँसद देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता, उपाध्यक्ष गीता पोखरेलको स्वागत मन्तव्य तथा सचिव कमल पौडेल र देउमाया रानाको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !