कमल पौडेल, बडिगाड २०७६ भदौ १७ । दिपज्योती युवा परिवार, पिप्ले बसाह सामुदायीक बन र महिला जागरण इकाइ समितिले संयुक्त रुपमा बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर नेटामा आयोजना गरेको तीजीगीत कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले मौलिक संस्कृतिको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताए ।
उपप्रमुख भुसालले तीजलाई मौलिक रुपमा मनाउन आग्रह गर्दै कला संगै राजनैतिक तथा सामाजिक परिवर्तनको नेतृत्वलिँदै अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा सामुदायीक बनका अध्यक्ष चुमाकान्त पोखरेल, महिला जागरण केन्द्र इकाइ समितिका अध्यक्ष इन्द्रकला पाण्डे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
५ समुहको सहभागिता रहेको सो प्रतियोगीतामा गुल्मी मसिकोट नगरपालिकाा १ पौंदी अमराई अरेवाको समुह प्रथम, रेश्क्यू युवा क्लव मुनपा २ र दिपज्योती युवा परिवार व्दितिय तथा राना समुह दनिया र सिमलचौर समुह तृतिय भएका छन्।
कार्यक्रम युवा परिवारका अध्यक्ष होमनाथ खरेलको अध्यक्षता, कोषाध्यक्ष हरि चालिसेको स्वागत मन्तव्य तथा सचिव वुद्ध पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै डुडेवाचौर सामुदायीक बन उपभोक्ता समुह बडिगाड २ को आयोजनामा सम्पन्न खुल्ला तीजीगीत कार्यक्रममा डुडेवाचौरमा बोल्दै उपप्रमुख भुसालले कला संस्कृतिको संरक्षण गर्न जोड दिए ।
सो प्रतियोगीतामा महाकाली आमा समुह मुनपा २ प्रथम, संगम आमा समुह खर्वाङ द्धितिय, बडिगाड आमा समुह मुनपा २ तृतिय र मिलिजुलि आमा समुह हाडिखोला र हरियाली आमा समुह बयरबोट सान्त्वना भएका छन्।
कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरालको अध्यक्षता, कोषाध्यक्ष मन बहादुर थापाको स्वागत मन्त्व्य तथा उपाध्यक्ष मेघनाथ खरालको संचालनमा सम्पन्न भएको थियो।