आजको तस्वीर : मल्मको नाँच्ने डाँडामा तीज महोत्सव !

गल्कोट २०७६ भदौ १६ । लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डॉडाको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ नाँच्ने डॉडा संरक्षण समाज गल्कोट नगरपालिका ७ मल्मले आयोजना गरेको तीज महोत्सव २०७६ को आईतबार उद्घाटन गरिएको छ ।

गल्कोट क्षेत्रमै चर्चित नाँच्ने डाँडामा आयोजित तीजी कार्यक्रममा थुप्रै महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिताले तीज महोत्सव औधि रमाईलो भएको अनुभव सबैले गरे ।
तीज महोत्सव २०७६ को उद्घाटन पछी बोल्दै नेपाल बैङ्क लिमिटेड गल्कोट शाखा प्रमुख देवी थापा बोहोराले महिलाहरु शिक्षित र चेतनशील नभएसम्म देशको समृद्धि नहुने बताईन् भने महिला जागरण केन्द्र मल्मका कोषाध्यक्ष मिरा खडकाले शुभकामना मन्तव्य राखेकी थिईन् ।

महोत्सवको पहिलो दिन खुल्ला एकल नृत्य, सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक कोपिला खडकाले जानकारी दिईन । त्यस्तै कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुको सामुहिक खुल्ला नाचगान प्रस्तुत गरिएको थियो । तीजको मौलिक कला संस्कृतिको संरक्षण सम्वर्धन सॅगै गल्कोट क्षेत्रकै साँस्कृतिक एवं धार्मिक महत्व बोकेको स्थल नाच्ने डॉडाको संरक्षण सम्वर्धन गर्दै शिद्धेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डॉडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सहसचिव थम्मन थापाले ईबागलुङलाई बताए ।

महोत्सवमा बृहत तीज गीत तथा नृत्य प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीज नाचगान, विभिन्न विधामा महिला अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान सॅगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहुरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोदोरी गायिका फुलमाया केसी, चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने महोत्सव आयोजक मुल समारोह समितिले जनाएको छ ।

नाँच्ने डॉडामा झण्डै २ सय वर्ष पहिले देखि तीज मेला हुदै आईरहेको छ । तीज महोत्सव नाच्ने डॉडा संरक्षण समाजको मुल आयोजना, सिद्वेश्वर शिवालय सेवा समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सह९आयोजनामा सञ्चालन भईरहेको छ । नाच्ने डॉडा तीज महोत्सव नाच्ने डॉडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षता, सिद्वेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञान बहादुर थापाको स्वागत र सचिव कोपीला थापा र सरस्वती केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.