वाध्यबादक कलाकार संघ नेपाल सुन्धारा उपसमितिको अध्यक्षमा भुवन सुनार

काठमाडौं २०७६ भदौ १५ । वाध्यबादक कलाकार संघ नेपाल सुन्धारा उपसमिति काठमाडौंमा गठन गरिएको छ । समितिको अध्यक्षमा भुवन सुनार चयन भएका छन् ।

वाध्यबादक कलाकार संघ नेपाल केन्द्रिय अध्यक्ष आकाश थापा, उपाध्यक्ष बिद्यालक्ष्मी खड्गी, सहसचिव यमन थापा मगर, सदस्य झविन्द्र थापा, ओमविक्रम हमालको विशेष उपस्थितिमा सुन्धारा उपसमिति चयन गरिएको हो । समितिको सचिवमा दिपक सुनार, कोषाध्यक्ष केशवबहादुर सेवालाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा समितिको सदस्यहरूमा सुनधारा क्षेत्रका सबै दोहोरीलाई समेट्दै सुर्यबहादुर गन्धर्व, सुरेन्द्र थापा मगर, कुलेन्द्र वि क, मदन पुन, खगेन्द्र मगर, रविन्द्र सुनार, हेमबहादुर थापा, सयपत्रीका श्री तामाङ, सचित खनाल, डम्मर घर्ती र शेखर विक रहेका छन् ।

समिति गठनपछि थप सदस्य मनोनित गर्ने र सदस्यता वितरण गर्ने निर्णय गरिएको नव गठित समितिका अध्यक्ष भुवन सुनारले जानकारी दिए । समितिको पहिलो बैठकले सल्लाहकार समिति, मासिक बैठक र लेवि तथा सदस्यता वितरण लगायतका विषयमा छलफल गर्ने निर्णय गरिएको सुनारले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.