नेपाली प्रवासी संघले भारतको पानीपतमा तीज महोत्सव २०७६ को आयोजना गर्दै !

पानीपत (भारत) २०७६ भदौ १५ । प्रवासी नेपाली संघ प्रगतिशील नगर महिला विभाग पानीपत (हरियाणा, भारत)को आयोजनामा नेपाली नारीहरुको महानपर्व तीजको अवसरमा २०७६ सालको तीज महोत्सव भोलि सोमबार भारतको पानिपत स्थित कमेटी हल मोडल टाउनमा हुने भएको छ ।

विभिन्न पर्वहरुमा विशेष कार्यक्रम गर्दै आएको प्रवासी नेपाली संघ भारतले यस वर्षको तीज महोत्सवमा नेपाली चलचित्रकी नायिका नितू कोईराला, गायिका एवं सन्चारकर्मी मीनु बिसी, गायक एवं मोडेल विष्णु बराल लगायतको सांगीतिक प्रस्तुति रहने संस्थाका अध्यक्ष विष्णु ढकालले ईबागलुङलाई बताए ।

सोमबार विहान १० बजे देखी हुने तीजी महोत्सव साँझ ६ बजेसम्म जारीरहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको सन्चालन सहजीकरण गायिका एवं सन्चारकर्मी बीसीले गर्नेछिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.