जैमिनी- १० राङ्खानी सेपुवा डाँडामा रहेको टेलिकमको टावर सन्चालनमा !

प्रकाश छन्त्याल, कुस्मीसेरा २०७६ भदौ १४ । जैमिनी नगरपालिका १० राङ्खानी सेपुवा डाँडामा रहेको नेपाल टेलिकमको टाओरबाट फोन सेवा सुचारु भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले एक कार्यक्रमका वीच टाओरको स्वीच अन गरेर उद्घाटन गरेका हुन्।

कार्यक्रममा नेपाल टेलिकम बागलुङ शाखा कार्यालयका कार्यालय प्रमुख केशव शर्मा र कार्यालय लेखा प्रमुख दिनेश अर्यालको पनि उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रम खडक बहादुर श्रीसको सभापतित्वमा थुमराज ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल टेलिकमको सेवाबाट बन्चित धुल्लुबास्कोटको समस्या समाधान हुनुका साथै यस टावरर ठुलो क्षेत्र समेत ओगट्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.