सिमसिम पानीमा ब्राइटर फ्युचर युवा क्लबको प्रथम वार्षिकोत्सव तथा तीज गीत प्रतियोगिता सम्पन्न !

प्रकाश छन्त्याल, कुस्मीसेरा २०७६ भदौ १४ । जैमिनी नगरपालिका वडा न १० राङखानी नेवारे स्थित ब्राइटर फ्युचर युवा क्लबको प्रथम वार्षिक उत्सव तथा तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सामुदायिक रेडियो बिहानी तथा नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाका सद्स्य प्रकाश छन्त्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता ,रस्साकस्सी प्रतियोगिता समाबेश गरिएको थियो ।

कार्यक्रमको उद्घाटन जैमिनी नगर पालिका वडा न १०का महिला जनप्रतिनिधि सदस्य दिल कुमारी शिरीष र प्रमुख अतिथी प्रकाश छन्त्यालले दीप प्रज्वलन तथा प्रथम वार्षिक उत्सवको ब्यानर खोलेर संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बर्षात भए पनि उल्लेख्य महिलाहरूको सहभागीता रहेको थियो ।

खुल्ला तीज गीत प्रतियोगितामा ५ समुहको सहभागी रहेको थियो । पूर्व शिक्षक हेमराज आचार्यको सम्योजकत्वमा ३ सदस्यीय निर्णायक टोलीको निर्णय अनुसार भुल्केपानी आमा समूह प्रथम ,हाडिकोट महिलासमूह व्दितिय र कृषि आमा ओखले राङ्खानी तृतीय भएका थिए । प्रथम व्दितिय र तृतीय हुनेलााई क्रमशः रु ५ हजार ,३५ सय र १५ सय तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष सन्तोष घर्ती मगरको अध्यक्षता, कल्बका सदस्या पुर्णकला घर्ती मगरको स्वागत र सम्योजक सुनिल छन्त्यालको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.