बुर्तिवाङ २०७३ चैत २२ । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–९ बोवाङ बस्ने ४२ बर्षीय मन बहादुर घर्ति सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोमबार सोही ठाउँ स्थित बलु बिकको खाली गोठमा गोरु काटेका थिए । प्रहरीले घटनास्थलबाट घन १ थान, बन्चरो १ थान र २ थान खुकुरी समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।