बडीगाड-९ दर्लिङखोलामा जनतासंग जनप्रतिनिधी कार्यक्रम सम्पन्न !

कमल पौडेल, खर्वाङ २०७६ भदौ १४ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले जनप्रतिनिधि र सरकारले गर्ने काम घाम झैं छर्लङगै हुनुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बडीगाड गाउँकमिटिको आयोजनामा वडा नं. ९ दर्लिङखोलामा हालैे जनतासंग जनप्रतिनिधि कार्यक्रममा उपप्रमुख भुसालले आफुहरुको ध्यय समृद्ध बडीगाड हुँदै बागलुङ जिल्ला भएको भन्दै पारदर्शी रुपमा काम गरिरहेको दावी गरे ।

कतिपय सन्दर्भमा जनता र जनप्रतिनिधिविच बुझाइमा फरक हुने गरेको भन्दै भुसालले जनतासँग जनप्रतिनिधि कार्यक्रमले सो वुझाई एक हुने समेत वताए ।

कार्यक्रममा बडीगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले संघियता पहिलो अभ्यास भएको, जनताले पहिले गर्ने काम र अहिलेको कामको फरकपनलाई सहजढंगले आत्मसाथ गर्न नसक्दा तथा जनप्रतिनिधिले पनि पारदर्शिरुपमा कतिपय काम गर्न नसक्दा समस्या समेत आउने गरेको बताएका थिए ।

अध्यक्ष पाइजाले आफुहरुले पनि जनताकै लागी काम र विकास गरेको, जनताले पनि विकास नै चाहेकोले जनता र जनप्रतिनिधि एकै ठाउँमा रहेको बताए ।

कार्यक्रममा नेकपा बडीगाडका अध्यक्ष गुणानिधि घिमिरे, वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर केसी लगाएतले धारणा राखेका थिए ।

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) ले जनप्रतिनिधि र जनताको सम्बन्ध पातलिन लागेको भन्दै जनता संग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको हो। कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का दर्लिङका अध्यक्ष दिपक केसीको अध्यक्षता तथा सचिव दुर्गा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.