सामाजिक विकृति अन्त्यको लागी विद्यार्थीको भूमिका महत्वपूर्ण : उपप्रमुख भुसाल

कमल पौडेल, खर्वाङ २०७६ भदौ १३ । त्रिभुवन नमुना मावि खर्वाङले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामाजिक विकृति अन्त्यका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उपप्रमुख भुसालले कक्षा ११ र १२ का विद्यार्थीेहरु सामाजिक सेवामा समेत जोडिन आग्रह गरे । ्

सो अवसरमा प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यार्थीहरुको अभिरुचिका सवै विषय समेट्न विद्यालय तयार रहेको भन्दै निरन्तर लघु भ्रमण, अतिरिक्त क्रियाकलाप, विभिन्न व्यक्तित्व विकास गर्ने तालिम तथा प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।

कार्यक्रममा कक्षा ११ र १२ को प्रतिस्पर्धात्मक तीजीगीत प्रतियोगीता सञ्चालन भएको थियो भने सवै विद्यार्थी र शिक्षकहरुलाई दर खुवाइएको थिया ।

कार्यक्रम अतिरिक्त कृयाकलाप समितिका संयोजक कल्पना घिमिरेको अध्यक्षता तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.