ब्राईटर फ्युचर युवा क्लबले आफनो बार्षिकोत्सव तीजी कार्यक्रम गरी मनाउने !

कुस्मीसेरा २०७६ भदौ १३ । जैमिनी नगरपालिका वडा नं १० राङखानी नेवारे स्थित ब्राईटर फ्युचर युवा क्लबले आफनो बार्षिकोत्सव तथा तीजको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

भदौ १४ गते शनिवार खुल्ला तीज गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुल्ला रस्साकस्सी प्रतियोगिता, एकल तीज गीत प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गरिने ब्राईटर फ्युचर युवा क्लबका कार्यक्रम संयोजक सुनिल छन्त्यालले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन शनिवार बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा तथा रेडियो बिहानीका स्टेशन को–अर्डिनेटर तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य प्रकाश छन्त्यालको उपस्थितीमा गरिने क्लबका अध्यक्ष सन्तोष घर्ती मगरले बताए ।

प्रतियोगीहरुले शनिबार १० बजे भित्र आयोजकलाई टिम दर्ता गराई दिन पनि आग्रह गरेको छ । कार्यक्रम ब्राईटर फयुचर युवा क्लबको खेल मैदानमा हुने क्लवले जनाएको छ ।

कार्यक्रममा बिजेता, उपबिजेता हुने प्रतिस्पर्धीलाई नगद राशी तथा प्रमाण पत्रले सम्मान गरिने क्लबका सचिव ललिता घर्तिमगरले जानकारी दिईन ।

२०६५ सालमा स्थापना भएको ब्राईटर फयुचर युवा क्लबले समाजमा सक्रियताका साथ काम गदै आएको कार्यक्रम संयोजक सुनिल छन्त्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.