त्रिभुवन नमुना माविका बिद्यार्थी लघुशैक्षिक भ्रमणमा : डा श्रेष्ठव्दारा बुर्तिवाङ स्वास्थ्यकेन्द्र बारे जानकारी !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ भदौ १२ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डा कृष्णहरी श्रेष्ठले किशोरावस्था शारीरिक, मानसिक र संबेगात्मक परिवर्तनको तिब्र अवस्था भएकाले बिद्यार्थीलाई स्वास्थ्य एबं सरसफाइमा ध्यान दिनुपर्ने बताएका छन् ।

त्रिभुवन नमुना मावि बडीगाड गाउँपालिका २, खर्वाङका बिद्यार्थीहरु संग आज आफ्नै कार्यकक्षमा अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन । सो अवसरमा विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धि विभिन्न प्रश्न एंब जिज्ञासा राखेका थिए ।

बिद्यार्थीको प्रश्नमा जवाफ दिदै डा श्रेष्ठले नेपाल सरकारले उपलब्ध गराउने सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब सेवा, सामान्य अपरेशन लगायतका उपचार तथा सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिने भन्दै आफ्ना परिवारका सदस्यलाइ स्वास्थ्य बिमा गर्न सुझाउँदै प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिबाङबाट प्राप्त हुने सेवा सुबिधाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको सहजीकरण शिक्षक कमल पौडेलले गरेका थिए । बिद्यालयको लघु शैक्षिक भ्रमणमा कक्षा ८ का अंग्रेजी माध्यमका १७ जना र कक्षा ९ का नेपाली माध्यमका ३९ जना गरी ५६ जना बिद्यार्थिहरु सामाजिक अध्ययन विषय अन्तरगत लघुभ्रमणको क्रममा स्वास्थ्य केन्द्रमा पुगेका हुन् ।

विद्यार्थीहरुको चौतर्र्फी विकासको लागी स्थलगत भ्रमणले उनीहरुमा प्रयोगात्मक कला तथा एकापसमा सहयोग सद्भाव एंब व्यक्तित्व विकासमा सहयोग पुग्ने शिक्षक पौडेलको भनाइ छ । यसैबिच सामाजिक शिक्षकहरु सहितको विद्यार्थीको टोलीले आजै बडीगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजा संग अन्तरक्रिया समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.