बडीगाड खोलामा एक पुरुष र एक महिलाको शव फेला !

रामप्रसाद घिमिरे, बडीगाड २०७६ भदौ ११ । बुधबार बडीगाड खोलामा २ ब्यक्तिको शव फेला परेको छ ।

खोला तर्ने क्रममा खोलाले बगाएर मुसिकोट नगरपालिका १ बगाहाका ३५ बर्षिय कर्ण बहादुर जिसीको मृत्यु भएको छ । उनी बागलुङको बडीगाड गाउपालिका -५, जोगी बगरमा मृत फेला परेका हुन । उनी बिहान करिव ११ बजे काम बिशेषले बडीगाड गाउपालिका ५, एक्ले खेतबाट काली रह भन्ने स्थानमा आएका थिए फर्कने क्रममा तरेरै पारी जान्छु भन्दै बडीगाड खोला तर्न लाग्दा खोलाले उनलाइ बगाएको थियो । केही समय पौडिएर पारी पट्टी पुग्नै लाग्दा खोलाले बगाएको प्रतक्षदर्शी लाल बहादुर नेपालीले बताएका छन । बडीगाड खोला धमिलो भएका कारण उनी छिनभरमै बाहिरी सतहमा देखीन छोडेका थिए ।

निसीखोला गाउपालिकाकी ७७ वर्षिय हरिकला बुढाको शव ।
स्थानिय एवं प्रहरीले घटना बारे जानकारी पाएपछि सवैले उनलाइ खोजी गरेका थिए । करिव २ घण्टा पश्चात ग्वालिचौर प्रहरीले जोगिबगर भन्ने स्थानमा उनको शव फेला पारेको ग्वालिचौर प्रहरी प्रमुख लालमणी भट्टराइले जानकारी दिए । शव फेला पारेपछी ग्वालिचौर प्रहरीले इलाका प्रहरी बुर्तिवाङलाई खबर गरेको थियो । शवको पोष्ट मार्टमको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङ पठाइएको छ ।

यस्तै बडीगाड खोलामै एक महिलाको शव फेला परेको छ । बागलुङ निसीखोला गाँउपालिका वडा न।(५ निवासी बर्ष ७७ की हरिकला बुढाको मुसिकोट नगरपालिका वडा न। १ बगाहा नजिक बडीगाड खोलाको किनारमा शब भेटिएको हो ।
तस्बीर सौजन्य- पोखरेल स्टुडियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.