पत्रकार कँडेल र लामिछाने धरौटीमा रिहा ! बागलुङमा प्रदर्शन !

बागलुङ २०७६ भदौ १० । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा हिरासतमा रहेका पत्रकार युवराज कँडेल रु ३ लाख धरौटीमा रिहा भएका छन् । उनिसँगै पत्रकार रवि लामिछाने रु ५ लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । उनीहरुलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले हिंजो धरौटीमा रिहा गरेको हो।

पत्रकार कँडेल सहित लामिछानेलाई रिहाई गरिएको समाचार सँगै हिजै साँझ बागलुङमा विभिन्न नाराहरु सहित जुलुसले बजार परिक्रमा गरेको थियो । पत्रकार कँडेल सहितको रिहाईका लागी मागगर्दै बागलुङ सदमुकाम, काठेखोला गाउपालिका बिहुँ, ढोरपाटन नगरपालिका बुर्तिवाङ लगायत स्थानहरुमा बिरोध प्रदर्शनहरु गरिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.