बाल सुधार गृह सराङ्कोटमा सुन्दर जीवनका रहस्यबारे प्रशिक्षण !

पोखरा, २०७६ भदौ १० । समाजमा सचेता दिने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा परस्यांगको आयोजनमा दुई दिवसीय सुन्दर जीवनका रहस्यहरु विषयक प्रशिक्षण कार्यक्रम बाल सुधार गृह ( बाल बन्दी गृह ) सराङ्गकोट पोखरामा सोमबार सम्पन्न भएको छ ।

सो प्रशिक्षणमा मानव जीवनलाई सुन्दर बनाउनका लागि चाहिने आवश्यक ज्ञान, कला, सिप आदि विषयहरुमा प्रशिक्षण दिँदै ब्रहकुमारी राजयोग प्रशिक्षण केन्द्र दमैलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई महान बनाउनको लागि महान संकल्प सोचहरुलाई हदय देखि नै मनमा ल्याउनु पर्ने त्यसका लागि असल संगत, शिक्षा र वतावरणको आवश्यकता भएको र त्यसता ठाउँहरुको पहिचान हुनु पर्ने बताएका थिए ।

प्रशिक्षणमा आफ्नो मन्तव्य राख्दै राजयोग केन्द्र पस्र्याङ्गकी संचालिका ब्रह्माकुमारी सुधा दिदीले दैनिक जीवनमा आवश्यक पर्ने स—साना कार्यहरुलाई पनि सहजकताका साथ गर्ने बानीको विकाश गर्न सकेमा जीवन सफल हुने बताएकी थिईन् ।

प्रशिक्षणको अनुभव व्यक्त गर्दै बाल सुधार गृहका भाइले यस्ता प्रकारका प्रशिक्षणले हामीलाई अन्तर मन देखि सकारात्मक परिवर्तनको बाटो तफ लैजानको लागि उत्प्रेणा दिएको बताए ।

साथै बाल सुधार गृहका प्रमुख रमा लामिछाने र ज्योति गुरुङ्गले पनि मन्तव्य व्यक्त गर्दै यस्ता प्रकारका प्रशिक्षणले अपराध गरेर आएका किशोरहरुलाई सकारात्मक परिवर्तन बाट जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने उत्साह उमंग दिएको बताएका थिए ।

प्रशिक्षणमा १३ बर्ष देखि १९ बर्ष सम्मका विभिन्न अपराधहरुमा संलग्न ७१ जना किशोर र युवाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.