शलिकराम पुडासैनीको झोला क्यामरा खोई ?

प्रेम सुनार, बुटवल २०७६ भदौं ९ । चितवनको एक होटलमा साउन २० गते मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा त्यहाँको प्रहरीले उनी मृत्यु हुनु अघि आफैले बनाएको भनिएको भिडियोलाई प्रमुख आधार बनाएको छ तर अन्य कुरा किन बाहिर ल्याँउदैन ? भनेर सर्वसाधरणले प्रश्न गरेका छन ।

उनी त्यस दिन विहान म रिर्पोटिङ गर्न चितवनतिर जान्छु भनेर श्रीमती सम्झना पुडासैनीलाई भनेर हिडेको उनकै श्रीमतीले बताएकी छन । चितवन आई पुगेंर समेत उनले श्रीमतीलाई फोन गरेका छन । यसरी रिर्पोटिङ गर्न हिडेको एउटा पत्रकार संग झोला, क्यामरा र ल्यापटप समेत हुन्छ तर ती कुराहरु भए नभएको अहिले सम्म प्रहरीले बाहिर ल्याएको छैन ।

शालिकराम पुडासैनी
त्यस दिन विहान करिव ७ बजेको समयमा शालिकरामले चितवनकी एक महिला पत्रकारलाई फोन गरेको उनले बताएकी छन । नाम नबताउने सर्तमा ती महिलाा पत्रकारले भनिन –‘ शालिकरामजीले त्यसै दिन विहान मलाई फोन गरेर आफ्नो पुर्व प्रेमीकाले एकदम तनावमा पारेको बताउँदै हुनुहुन्थ्यो । मैले केहि बेर सम्झाएकी थिएँ । त्यस अघि मलाई त्यसरी उहाँले ब्यक्तिगत कुरा कहिल्लै गर्नु भएको थिएन ।

उनि थप्छिन–‘ त्यसै दिन राती १० बजेर ४ मिनेट जाँदा मलाई शालिकरामजीको फोन आएको रहेछ । त्यो मैले सुति सकेको करण थाह पाईन ।अर्को दिन विहान मात्रै शालिकरामको फोन आएको रहेछ भनेर थाह पाएँ । त्यस पछि घटना स्थलमा पुगेर मात्रै थाह भयो त्यो फोन शालिकरामले नभएर प्रहरीले उहाँको फोनबाट मलाई गरेको कुरा । उनी विवाहित हुन भन्ने कुरा पनि उनकी श्रीमति त्यसै दिन आएर मात्र थाह पाएकी हुँ ।’
यति बेला प्रहरी प्रशासन र अदालतले अनुसन्धान गर्दैछ , हामी सबैले न्यायलयको विश्वास गर्नै पर्छ , दोषि जो भए पनि उम्कनु हुँदैन र निर्दोष भए कोही फस्नु हुन्न भन्ने मेरो धारण छ ’–उनले भनिन

हर कुनै टीभी जर्नालिष्ट रिपोर्टिङ्ग गर्न जाँदा झोला बोक्छ र क्यामरा अनिवार्य साथमा हुन्छ । अझ एक जना क्यामरामेन हुनु पर्ने हो , एक्लै कसरी आए ? भनेर धेरैले प्रश्न उठाएका छन ।

शालिकराम एक पसलमा डोरी किन्न झोला बोकेर गएको भन्ने सिसीटिभिमा फुटेज भेटियो भनिएको छ तर त्यो झोला कहाँ छ ? भन्ने कुरा प्रहरीले बाहिर ल्याएको छैन । ’
माउण्टेन टेलिभिजनमा मिशनन्युज कार्यक्रम चलाउने शालिकरामले त्यस टेलिभिजनमा समेत कुनै जानकारी नगराई हिडेको त्यहाँका सञ्चारकर्मी केदार कोईरालाले बताए ।

शालिकरामले साउन २० गते सोमबार चितवन आउनु अघि सनिवार दिउँसो माउन्टेन टेलिभिजन प्रदेश २ का ब्युृरो प्रमुख महेश दासलाई फोन गरेर मिशन न्युुज कार्यक्रमका लागि रिर्पोटिङ्ग गर्न आउँदै छु भनेर शालिरामले फोन गरेका थिए । पत्रकार दासले भने–‘ उहाँले फोन गर्दा म एउटा मिटिङ्गमा थिएँ । म्यासेज मार्फत कलब्याग गर्छु भनेर पछि मैले कलब्याग गरें ।

त्यस पछि उहाँले मंगलवार बुधबार तिर म बारा , रौताहटतिरको भ्रष्टचारको ईस्युजको रिर्पोटिङ्ग गर्न आउँदैछु तपाई हामी मिलेर रिर्पोटिङ्ग गरौंला भन्नु भएको थियो ।
उहाँ त्यति बेला सहज अवस्थामा म संग लामै कुरा गरेर मिशनन्युज कार्याक्रमलाई योजनाबद्ध ढंगबाट सञ्चालन गरौं भनेर सल्लाह पनि गर्नु भएको थियो । हामीले केहि योजनाहरु पनि बनाएका थियौं ।

तर उहाँ यता आउँदै गर्दा एक्कासी त्यस्तो दुखत खबर थाह पाए पछि म चितवन गएँ । त्यस बेला मैले उहाँका बुवालाई पनि भेटें । शालिकरामजीले चितवन आएर पनि बुवालाई फोन गरेर म चितवन आएँ बुवा भनेर भन्नु भएको रहेछ । खै कसरी यस्तो घटना घट्यो ? हामी अनविज्ञ छौं । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.