जनतासंग सवै भन्दा नजिक स्थानिय सरकार हो – नगरप्रमुख गैरे

कमल पौडेल, गल्कोट २०७६ भदौ ९ । त्रिभुवन नमुना मावि बडीगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीहरु संग नगरपालिकाकै सभाहलमा अन्तरक्रिया गर्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आफुहरुको लक्ष्य योजना भनेकै समृद्ध गल्कोट भएको बताए । जनतासंग सवै भन्दा नजिकको सरकार, स्थानिय सरकार भएको चर्चागर्दै नगरप्रमुख गैरेले आफुहरु जनताको दुःख सुखको साथमा रहेको बताए ।

विद्यार्थीहरुको प्रश्नको उत्तर दिँदै नगरप्रमुख गैरेले हाल स्थानिय सरकारले कार्यपालिका, व्यवस्थापीका र न्यायपालिकाको अभ्यास गरिरहेको बताए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्थानिय सरकारको काम, कर्तव्य तथा अधिकार तथा तिन तहको सरकारको विषयमा प्रष्टाएका थिए । त्यस्तै प्रशासकीय अधिकृत तुल बहादुर वि.क.ले गल्कोट नगरपालिकाले गरेका कामको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रश्नहरु राखेका थिए। कार्यक्रमको सहजीकरण कमल पौडेलले गरेका थिए । त्रिभुवन नमुना मावि को साधारण धार तर्फ कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सामाजिक अध्ययन विषय अन्तरगत लघुभ्रमणको क्रममा नगरपालिका पुगेका हुन् ।

सामाजिक शिक्षकहरु सहितको विद्यार्थीहरुको टोलीले गल्कोट नमुना माविको अवलोकन गर्दै प्रधानाध्यापक देवेन्द्र खत्री संग अन्तरक्रिया समेत गरेका थिए । त्यस्तै विद्यार्थीको सो टोलीले निर्माणाधीन दरमखोला जलविद्युत परियोजना लगाएतका स्थानको अवलोकन गरेका थिए । त्रिभुवन नमुना माविले विभिन्न समयमा फरकफरक कक्षाका विद्यार्थीहरुलाई विषयगत रुपमा लघुभ्रमणमा लैजादै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.