जनताको मनछुने गरि काम गर्न र पार्टीको साङ्गठनिक एकतामा जुट्न कार्यकर्तालाई शर्माको आग्रह !

राम प्रसाद घिमिरे, बुर्तिबाङ २०७६ भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी- (नेकपा)का केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला ईन्चार्ज वलावती शर्माले स्थानिय जनप्रतिनिधि र कार्यकार्ताहरुलाई नागरिकहरुका समस्याहरुमा सारथि बनि जनभावना अनुरुप कार्यगर्न आग्रह गरेकी छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आईतबार बुर्तिबाङमा सम्पन्न ढोरपाटन नगर कमिटिको वेेठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बेाल्दै यस्तो बताएकी हुन ।

शर्माले सुखी नेपाली, सम्बृ नेपालको नारा केन्द्रीय सरकारको मात्र नभई सवै स्थानीय तहहरुको भएकाले सोहि अनुसार आफ्नो इमानदारीताका साथ बिकास निर्माणमा जुट्न आग्रह गरिन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी शर्माले जनताको मनछुने गरि काम गर्न र पार्टीको साङ्गठनिक एकतामा जुट्न समेत आग्रह गरिन ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले जनताका समस्याहरुलाई आफ्नै जस्तो गरि समाधानमा जोड दिन आग्रह गर्दै, आफु जनताको सेवक हुँ भन्ने जनतालाई नै महसुस हुनेगरि काम गर्नमा जोड दिनुपर्ने बताए । आफुलाई जनताले विश्वास गरेर दिएको भोटलाई नजरअन्दाज गरेमा अर्को निर्वाचनमा जनताले माफि दिदैनन् भन्ने कुराको हेक्का राखि काम गर्न अाग्रह गरे।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका उप-प्रमुख बिष्णु भुषालले आगामि मङ्सिरमा हुन लागिरहेको उप निर्वाचनमा पार्टीलाई बिजयी गराउन पुर्ण तयारिका साथ संगठन बित्तारमा लाग्न सहभागिलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका जिल्ला सचिब ज्ञाननाथ गैरे, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, उप-प्रमुख करमती पुन, जिल्ला कमिटि सदस्य टंक प्रसाद पौडेल, नेता तुल्सिराम अर्याल लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा सबै वडाहरुका वडा कमिटि अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रम नगरकमिटि अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब भिम गौतमले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.