शिक्षा बिकास तथा समन्वय ईकाइ बागलुङको साउनमा बित्तिय प्रगति ९३ प्रतिशत !

कोपिला कंडेल, बागलुङ २०७६ भदौ ८ । शिक्षा बिकाश तथा समन्वय ईकाइ बागलुङ्गले साउन महिनामा बित्तिय प्रगति ९३ प्रतिशत गरेको जनाएको छ । गत आर्थिक बर्षमा ७१ लख ९६ हजार रकम प्राप्त भएको र ६६ लाख ९६ हजार खर्च भई वित्तिय प्रगति ९३.०५ प्रतिशत भएको शिक्षा बिकाश तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । उनका अनुसार भौतिक प्रगति भने शतप्रतिशत भएको छ । २०७५ सालको माध्यमिक शिक्षा परिक्षा एसईईको ग्रेडबृद्धि पुरक परिक्षाको तयारी पुरा गरी यहि भदौ १ गते देखि जिल्लाको बुर्तिबाङ्ग गल्कोट कुश्मीसेरा र बागलुङ्ग सदरमुकाम गरी ४ ठाउंमा परिक्षा संचालन भईरहेको ईकाई प्रमुख उपाध्यायले बताए ।ग्रेड बृद्धि परिक्षामा २ हजार ८ सय परिक्षार्थी सहभागि रहेका छन् ।त्यसैगरी बेरुजु फछ्र्यौटका लागि ६ करोडको स्रेस्ता पेश गरिएकोमा ५ करोड ३१ लख ५४ हजार फछ्र्यौट भएको शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङले जनाएको छ ।

त्यसैगरी माध्यमिक तहका १८ जना शिक्षकलाई नियुक्ति दिई पदस्थापनका लागि पठाउने, प्राथमिक तहका लिखित परिक्षामा सफल ५ सय ३ जनाको अन्र्तवार्ता लिई आवश्यक कागजात सम्बन्धीत ठाउंमा पुर्याउने स्थाई शिक्षक ४ जना र अस्थाई ५ जना गरी ९ जनाको उपदान तथा पेन्सनका लागि किताबखानामा फायल सिफारिस गरी पठाउने लगायतका कार्य गरेको छ ।

त्यस्तै स्थाई शिक्षक ४०० जनाको सम्पत्ति विवरण संकलन गरिएको छ भने ७५ सालको ग्रेड बृद्धि गर्ने कार्य समेत सम्पन्न भएको जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख उपाध्यायले जानकारी दिए । उनंका अनुसार अन्यत्र पठाउनुपर्ने सबै कर्मचारी पठाईएको तर कार्यालयमा आउनुपर्ने दुईजना प्राविधिक सहायक नआउदा कार्यसम्पादनमा समस्या परेको छ । केन्द्रबाट प्राप्त सबै कार्यक्रम भने सम्पन्न भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.