निसीखोलामा कपडा सिलाएर मासिक एक लाख बढी कमाउछन गुल्मीका सुरज परियार !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ भदौ्र ८ । गुल्मी जिल्लाको मुसिकोट मैदानका सुरज परियार बागलुङ जिल्लाको निसीखोला गाउपालिका झिवाखोलामा दुईवटा सिलाई कटाई पसल सन्चालन गरेर मासिक एकलाख रुपैया भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

२०६७ सालतिर सामान्य अवस्थामा पसल सञ्चालन गर्ने ध्ययका साथ निसीखोला भित्रिएका परियारले यतिबेला चारजना सिलाई गर्ने कर्मचारी सँगै आफु, श्रीमती र छोरी गरी ७ जनाले दैनिक कपडा सिलाउनमै व्यस्त देखिन्छन् ।

मिहिनेत गर्न सके आम्दानी राम्रै हुने बताउँदै आएका परियारले भारतमा करिब १० बर्ष सिलाई कटाइकै काम सिके । हाल एसआर टेलर्सको नाममा दुई स्थानमा पसल सञ्चालन गर्दै आएका परियारको पसलमा आकर्षक र समयानुसार कपडा सिलाई हुने भएपछि ७ जनालाई कपडा सिलाएर पुर्याउनै कठिन भइरहेको उनि बताउछन् ।

५० देखि ६० हजार कर्मचारीलाई तलव दिएपनी आफुलाई ४० देखि ५० हजार न्युनतम नाफा हुने उनले बताए । विगतमा हाते मेशिनले गर्दा समय धेरै लिने गर्दथ्यो प्रविधिको विकास सँगै बिद्युतीय मेशिन भित्रिएपछि पछिल्लो समय आधा समय बचत हुने गरेका कारण थोरै समयममा धेरै काम गर्न सकिने परियारको भनाई छ । पछिल्लो समय सिलाई कटाई क्षेत्रमा धेरैको आकर्षण भएपनी धैर्यता नभएका कारण कमै मात्र यो पेशामा टिक्ने उनको तर्क छ ।

सिकाईमा मिहिनेत बढि लाग्छ जस सिप आर्जन भइसकेपछि कमाई गर्न खासै गाहृ«ो नहुने उनको धारणा छ । विगतमा परियार जातीले मात्र यो पेशा अँगालेकोमा पछिल्लो समय बढि मात्रामा महिलाहरुले यो पेशालाई प्राथमिकता दिने गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.