कार्यकर्तालाई एकतावद्ध हुँदै पार्टी निर्माण र परिचालनमा जुट्न आग्रह !

कमल पौडेल, गल्कोट२०७६ भदौ ८ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य सुनिल शेरचनले सवै कार्यकर्तालाई एकतावद्ध हुँदै पार्टी निर्माण र परिचालनमा जुट्न आग्रह गरेका छन् । गल्कोट नगरपालिका वडा नं. ११ रिघाको टोल भेलालाई सम्बोधन गर्दै शेरचनले पार्टि एकिकरणको काम टुंगीएको, सरकारले प्रभावकारी काम गरिरहेको भन्दै उत्साहका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा नेकपा गल्कोट नगरकमिटि सचिव डम्बर श्रीस, सल्लाहकार कविराज बस्याल लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।

साविक वडा नं. ९ को भेलाले बाबुराम कुमालको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ, जसको उपाध्यक्षमा तिलचना राना कुमाल, सचिव चिज बहादुर राना, कोषाध्यक्षमा कुल बहादुर राना लगाएत रहेका छन् । त्यस्तै सीता राना कुमालको संयोजकत्वमा ११ सदस्यिय अखिल नेपाल महिला संघको गठन गरेको छ। जसको सचिवमा लालु राना कुमाल लगाएत रहेका छन् ।

कार्यक्रम वडा सदस्य रिम बहादुर राना कुमालको अध्यक्षता, चित्र बहादुर राना कुमालको स्वागत मन्तव्य इन्द्र राना कुमालको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै साविक वडा नं. ६ मा भएको टोल भेलाले रञ्जित नेपालीको संयोजकत्वमा २९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर नेपाली, सचिव मिलन नेपाली, कोषाध्यक्षमा भक्त बहादुर घर्ति लगाएत रहेका छन् ।

कार्यक्रम वडा कमिटि अध्यक्षा श्यामलाल विकको अध्यक्षता, नगर सदस्य झविलाल चालिसेको स्वागत मन्तव्य तथा वडा सदस्य लाल बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.