सिगानामा सुन्तला कोल्ड रुमको उद्घाटन: कृषिको व्यावसायिककरणमा जोड दिन सापकोटाको आग्रह !

राम प्रसाद घिमिरे बागलुङ, २०७६ भदौ ८ । बागलुङ नगरपालिका वडा न ८ सिगानामा सुन्तला भण्डारणका लागि निर्माण भएको चिस्यान केन्द्रको शनिबार उद्घाटन गरिएको छ । गणेश व्यवसायिक कृषि सहकारी संस्था सिगानाले निर्माण गरेको केन्द्रको गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद सापकोटाले गाउँ(गाउँमा उत्पादन हुने कृषि उपजहरुलाई यसरिनै भण्डारण गर्ने प्रबिधिको उपलव्धता हुन सके किसानलाई थप सहयोग हुने बताए ।’

सापकोटाले भने सरकारले कृषिको आधुनिकिकरणको लागि विभिन्न सहुलियत अनुदानका योजना ल्याइएकोले व्यवसायिक कृषिमा जोड दिन आग्रह गर्दछौं , तपाईहरुले सरकारको यो सहयोगलाई सहि सदुपयोग गरि बढि भन्दा बढि फाईदा लिन सक्नुपर्छ ।’

साँसद सापकोटाले नेपाल कृषि प्रधान मुलुक भएकाले निर्वाहमुखी कृषिबाट व्यवसाहिक रुपमा उन्मुख हुन कृषकहरुलाइ आग्रह गरे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले सुन्तला पाक्ने समयमा उचित मूल्य नपाई घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यता र पछि चर्को मुल्यमा भारतको सुन्तला किनेर खान बाध्य हुने परिपाटीको अन्य गरि आफ्नै क्षेत्रको उत्पादनलाई उचित मुल्यमा उपभोग गर्न पाउने सुविधाको सुरुवाद हुने विश्वास ब्यक्त गरे ।

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २१ लाख रुपौया अनुदानमा चिस्यान केन्द्रको निर्माण गरिएको हो । उक्त चिस्यान केन्द्रमा २० टन सुन्तला भण्डारण गर्न सकिने क्षमता रहेको सहकारिका सचिब रमेश थापाले बताए । प्रदेश सरकार सँग गत जेठ १४ गते सम्झौता गरि योजना अगाडि बढाइयो र आर एण्ड बि सलुसन कम्पनि लिमिटेड द्वारा कामगर्ने निर्णय गरि निर्माण कार्य असार २७ गतेबाट सुरु गरि साउन ४ गते कम्पनीले सम्पन्न गरेको हो, थापाले भने ।

,कार्यक्रममा बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जित बहादुर जिसि ९राजन०, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, सुन्तला जोन म्यादीका प्रमुख सुर्य प्रसाद बराल लगायतले किसानहरुलाई सुझाव दिए। कार्यक्रम सहकारीका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, कृषि संयोजक रेशम थापाको स्वागत मन्तब्य र लेखा प्रमुख शिव खड्काको सञ्चालनमा सम्पन भएको थियो। कार्यक्रममा सहकारी सचिब द्वारा प्रगति तथा २६ लाख बराबरको लेखा प्रतिबेदन सार्वजनिक गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.