स्व. सोम बहादुर नेपालीको परिवारलाई रु १६ हजार आर्थिक सहयोग !

होम बिक, गल्कोट २०७६ भदौ ८ । मानिसलाई रिन लागुस दिन नलागुस भनिन्छ तर स्व सोम बहादुर नेपालीका परिवारलाई रिन पनि लागेको छ र दिन पनि लागेको छ । गल्कोट नगरपालिका २ पायौडाँडा घर भई लामो समय देखी जागीरको सिलसिलामा भारतमा बस्दै आएका स्व नेपाली सुगर (मधुमेह) जस्तो घातक रोगबाट ग्रसित हुन पुगे । सम्पुर्ण परिवारको जिम्मेवारी रहेका नेपाली भारतमै रहने क्रममा उनको अचानक मृत्यु भयो । परिवारको एक मात्र सहारा नेपालीको मृत्यु पछि आर्थिक रुपमा एकदमै निम्न परिवार बेसाहारा हुन पुग्यो । उनको श्रीमती १ छोरा २ छोरी सानो सानै छ्न । उनिहरुको पालन पोषण गर्न शिक्षा दीक्षा कसरी गर्ने भन्ने स्व नेपालीकी श्रीमतीलाई पीडाले सताएको छ ।

त्यसै क्रममा श्रजनशिल समुदाय समाज बागलुङ गल्कोट नगरपालिका २ नरेठाटीले स्व नेपालीको चिर शान्तिको कामना गर्दै केहि बर्ष यता समाजमा भएको बिकृती बिसंगति विरुद्ध आवाज उठाउदै सामाजिक काम गर्दै आएको संस्थाले ०३ भदौ २०७६ मा एक कार्यक्रम सन्चालन गरि मृतक सोम बहादुर नेपालीको घरमा गई उहाँको श्रीमती(ठगी नेपाली ,छोरी(रबिना ,किरण, छोरा(बिक्रम नेपालीलाई १६००० ९सोह्र हजार ० आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष कृष्ण बहादुर सुनार अध्यक्षतामा , प्रेम परियारको स्वागत तथा बिष्णु सुनारले सन्चालन गरेको कार्यक्रममा कृष्णा सुनार ,प्रेम परियार,चिन्त नेपाली,मिठु सुजार,सश नेपाली ,सिङग बहादुर सुनार ,मन बहादुर नेपाली ,माया नेपाली, समाजसेबी मनकुमारी नेपाली सबैले सस्थाँले गरेको काम निकै प्रसंशा गरेका थिए । कार्यक्रममा अन्य आमा बुबा दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थित थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.