काफलचौर उमाबिमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया !

पर्वत, २०७६ भदौ ७ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका-३ स्थित काफलचौर उच्च माद्यामिक बिद्यालयको प्राङगणमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सामाजमा देखिने अपराधिक क्रियाकलाप तथा अन्य समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै समुदायको साथ र सहयोगको लागि जिल्ला प्रशासन कार्यालय सदैव तत्पर रहेको बातइन ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, कुश्मा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेज प्रसाद उपाध्याय, सरुन्चौर टोल सुधार समितिका अध्यक्ष बेग बहादुर बिक लगायतले अन्तरक्रिया कार्यक्रमको महत्वबारेमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मदिरा नियन्त्रण, महिला हिंसा न्यूनिकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल समेत गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.