निर्माणाधीन मुलाखोल्सा खानेपानी ट्याङ्कीको शिलान्यास !

निर्मल पौडेल पर्वत २०७६ भदौ ठ । मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले गरेका हुन् ।

शिलान्यास गर्दै नेकपाका युवानेता तथा वार्ड नम्वर ६ का अध्यक्ष लामिछानेले निमार्णधीन ट्याङकीको समयमानै सम्पन्न गर्न आग्रह गरे । स्वच्छ रहनका लागि शुद्ध पानीको आवश्यकता रहने भन्दै ट्याङकीको निर्माण पश्चात करिव २ सय घरधुरीका वासीन्दा लाई पानीको हाँहाकार नहुने वताए । पानीको मुहान जोकोहीको जग्गाभित्र पर्ने भएपनी सवैको साझा हुने भन्दै लामिछानेले सार्वजानिक सम्पतीको संरक्षण सवै मिलेर गर्नुपर्नेमा जोड दिए । सामाजिक हितका कार्यहरुमा कसैले अवरोध गर्न नहुने भन्दै लामिछानेले निर्माणधिन ट्याङकीको लागि वजेट अभावमा आँफुले वार्ड वाट सक्दो पहल गर्ने वताए ।

तिलाहार डिमुवा वासीको उपस्थितीमा गरिएको शिलन्यास कार्यक्रमममा डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा समाजसेवी दिपेन्द्र जङ्ग लामिछानेले खानेपानीको ट्याङ्की समयमानै सम्पन्न गर्न सवै उपभोक्ताहरुको जनश्रमदान र सहयोग रहने कुरामा आँफु विस्वस्थ रहेको वताए । डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेको अध्यक्षतामा गरिएको शिलन्यास कार्यक्रमको सञ्चालन मीठुलाल सिकेको गर्नुभएको किशोर मनस्वीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.