श्री कृष्ण जन्माष्टमीको अवसरमा बुर्तिवाङमा तीजगीत प्रतियोगिता !
ढोरपाटन नगरपालिकाका २ सय भन्दा बढी एकल तथा बृद्ध महिलाहरु सम्मानित !

बुर्तिवाङ २०७६ भदौ ७ । ढोरपाटन नगरपालिकाले श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार खुल्ला तीजगीत प्रतियोगिता तथा एकल महिला र जेष्ठ नागरिक सम्मान गरेको छ ।

महिलाहरु माथि हुने सबै प्रकारका विभेद हटाऔँ, समाज बिकासमा महिलाहरुको भुमिकालाई सवल बनाऔँ, भन्ने मुल नाराका साथ बुर्तिबाङ बजारमा कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले यसै अवसरमा नगरभित्र रहेका ६० बर्ष माथिका एकल महिला तथा ७० बर्ष भन्दा माथिका बृद्ध महिलाहरुलाई सम्मान समेत गरेको छ । नगरपालिकाले सम्मानित हुने एकल महिलालाई जनही तथा ७० वर्ष माथिका वृद्ध महिलाहरुलाई जनही नगद १÷१ हजार र दोसल्ला ओढाएर सम्मान गरेको छ । नगरपालिकाका २ सय बढी एकल तथा बृद्ध महिलाहरुलाई सम्मान गरिएको छ ।

तीज गीत प्रतियोगितामा ३१ टिमको सहभागीता रहेकोमा आज १६ टिमलेमात्र आफ्नो प्रतियोगीतात्मक प्रस्तुति राखेका छन् । समय अभावका कारण वाँकी १५ टिमको प्रस्तुती भोली हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानाकारी दिए ।

तीजगीत प्रतियोगीतामा प्रथम हुनेले २५ हजार, व्दितिय हुनेले २० हजार र तृतिय हुनेले १५ हजार तथा सहभागी सबैलाई सान्त्वना पुरस्कार स्वरुप नगरपालिकाबाट ५ हजार तथा नगर प्रमुखबाट ५ हजार गरि १०÷१० हजार दिइने बताइएको छ ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनको अध्यक्षता, नगर प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल सहित, वडा अध्यक्षहरु, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यपालिका सदस्य कमला छवि विकको स्वागत मन्तव्य तथा झरना कँडेल र मीनु विसीको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.