आजको तस्वीर : ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्ण !

बागलुङ २०७६ भदौ ७ । भगवान श्री कृष्णको जन्मोत्सव बागलुङमा क्रियाशील विभिन्न संस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी मनाएका छन ।

बागलुङ बजार स्थित राधाकृष्ण मन्दिर, नारायण मन्दिर, ब्रह्र्माकुमारी ईश्वरीय विद्यालय राजयोग केन्द्र बागलुङ तथा नेपाल अन्तर्राष्टिय कृष्णभावनामृत संघ (इस्कोन)ले स्थानीय बालमन्दिर भवनमा भगवान श्रीश्री राधाकृष्णको अभिषेक तथा आरती, प्रवचनादि कार्यक्रम गरी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्री कृष्णको जन्मोत्सव भव्यरुपमा मनाएका छन् । देशभरका कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुले पूजा अर्चना गरेर भगवान श्री कृष्णको स्मरण गरेका छन् ।

तस्वीर सौजन्य- ब्रह्माकुमारी स्मृति

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.