रेडियो परिवर्तन सत्य समाचार प्रशारण गर्ने जनताको सञ्चार सारथी : अध्यक्ष पाण्डे

बुर्तिवाङ २०७६ भदौ ७ । जनसञ्चार सहकारी संस्थाव्दारा सञ्चालित सामुदायिक रेडियो परिवर्तनको पत्रकारिता तालिम शुक्रबारबाट सुरुभएको छ । तालिम शुभारम्भका अवसरमा बोल्दै, रेडियोका अध्यक्ष निमलाल पाण्डेले जनचाहना अनुसारका रेडियो कार्यक्रम उत्पादन तथा प्रशारणका लागि रेडियोमा थप जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै सञ्चारको क्षेत्रमा अलग पहिचान र जनविश्वास रहेको, रेडियो परिवर्तनलाई थप व्यवस्थित, समय अनुकुल परिमार्जित गर्नुपर्ने पक्षमा ध्यान दिनुपर्ने बताए । रेडियो परिवर्तन सत्य समाचार प्रशारण गर्ने जनताको सञ्चार सारथी भएको बताउँदै, अध्यक्ष पाण्डेले, काम कठिन भएपनि सही र सत्य सूचना प्रशारणमा निर्वाद कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

यस्तै रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले, सञ्चार माध्यम भनेका समय अनुकुल, समाजले आवश्यक ठानेका सूचना प्रशारण गर्दै जाने माध्यम भएको बताए । नागरिकको चेतना वृद्धि सही र सत्य, तथ्य सामाग्री प्रशारण गर्नु सञ्चार माध्यमको दायित्व हुनुपर्ने उनको भनाई थियो । संविधानले नै ग्यारेन्टी गरेको नागरिकको वाक स्वतन्त्रता, लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै स्टेशन प्रमुख सुवेदीले, सञ्चार माध्यमको संस्थागत विकासमा सचेत मान्छेहरु लाग्नु बेला भएको बताए । सही र सत्य कुरा जनताको बीचमा ल्याउँदा राज्यपक्ष आफै डर त्रासको अवस्थामा रहिरहन नहुने उनको तर्क थियो । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व राज्य पक्षको प्रमुख दायित्व भएको बताउँदै सुवेदीले आजकल, छलछाम, ढाकछोप र पर्दापछि भएरहेका गलत प्रवृत्तिलाई नागरिकले समेत खबरदारी गर्न नसकेको प्रति चिन्ता व्यक्त गरे । सबै सरकारी कार्यालयले नागरिकलाई दिनुपर्ने सूचना नदिनु, राज्यकोषलाई जनताकाबीचमा पारदर्सि ढंगले प्रस्तसत नगर्नु, विधि सम्वत र बैधानिक बाटो भुलेर सामाजिक मर्यादा विपरितका कार्यहरु सरकारले गर्न नहुनेमा उनको जोड थियो ।

नागरिकको करबाट आर्जित वजेटको गैह्र कानुनी तवरले अपचलन गर्ने पद्धतिका कारण नागरिकले सरकार प्रति भरोसा नगरिरहेको अवस्था आएको सुवेदीले बताए । राज्यका सहयोगी जनता हुनुपर्नेमा उनीहरु प्रतिको अविश्वास बढ्दै जानु र सञ्चार माध्यममा सरकार विरुद्ध नागरिकका गुनासाहरु आउनु राम्रो नभएको समेत उनको भनाई थियो । नागरिकका गुनासा, प्रतिक्रिया र वर्तमानको विसंगतिका विषयमा सवाल उठाउँदा कतिपय अवस्थामा पत्रकारहरुमाथि राज्य पक्षका डर धम्की र त्रासपूर्ण क्रियाकलापहरु समेत बढदै जानु समाजलाई अराजकता तिर धकेल्नु भएको उनले बताए ।

तालिमबाट स्थानीय स्तरमा समाचार रिपोर्टिङ, कार्यक्रम उत्पादन र वजार व्यवस्थापनमा कर्मचारी नियुक्ति गर्नेगरि तालिम सुरु भएको स्टेशन म्यानेजर सुवेदीको भनाई छ ।

तालिममा रेडियोका स्टेशन म्यानेजर राम सुवेदी, प्रवन्ध निर्देशक लोकेन्द्र सुनार, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, गल्कोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले प्रशिक्षण गर्ने बताइएको छ । तालिम भदौ १४ गतेसम्म चल्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.