तीज पर्व र परम्परालाई जोगाउनको लागि आफुमा जे छ त्यसमै रमाउनु पर्छ – उपप्रमुख काउचा

गल्कोट २०७६ भदौ छ । गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले विकास निर्माणमा बजेट मात्रैले समृद्धि नहुने बताउदै समुदायको सकृयता पनि उत्तिकै आवश्यक रहेको बताएकी छन् ।

चिसापानी आमा समुह गल्कोट नगरपालिका ७ मल्म बामियाँले हरितालिका तीजको अवसरमा आयोजना गरेको नव निर्मित सामुदायिक भवनको समुदघाटन तथा दरखाने कार्यक्रमलाई सम्वोधन गर्दै नगर उप्रमुख काउचा मगरलेले यस्तो बताएकी हुन् । तीज पर्व र परम्परालाई जोगाउनको लागि आफुमा जे छ त्यसमै रमाउनु पर्ने नगर उपप्रमुख काउचाको भनाई छ ।

सो अवसरमा सामुदायिक सेवा केन्द्र गल्कोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश, प्रगतिशिल आमा समुह भैसेंका निवर्तमान अध्यक्ष विष्णु कॅडेल, चिसापानी आमा समुहका पूर्व अध्यक्ष विष्णु मल्लले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित महिला दिदीबहिनी र अतिथी वर्गलाई सामुहिक दर खुवाईएको थियो । कार्यक्रममा गल्कोट नगरपालिकाको २ लाख र वडा नं ७ को १ लाख आर्थिक सहयोग र बामियाबासीको जनश्रमदानबाट चिसापानी आमा समुहले निर्माण गरेको नवनिर्मित सामुदायिक भवनको नगर उपप्रमुख रेणुका काउचा मगरले समुदघाटन गरेकी। नव निर्मित सामुदायिक भवन समुदघाटन तथा दरखाने कार्यक्रम चिसापानी आमा समुह गल्कोट नगरपालिका ७ मल्म बामियाका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता, सदस्य सीता गुरुङको स्वागत र नविन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.