कार्यालय प्रमुख तथा पत्रकारवीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न !

बागलुङ २०७६ भदौ ५ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज कार्यालय प्रमुख तथा पत्रकारबीच अन्तक्रियात्मक छलफल (पत्रकार भेटघाट) सम्पन्न भएको छ ।
निमित्त प्रजिअ धीरेन्द्र राज पन्तको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा कार्यालय प्रमुखहरुले आ-आफ्ना कार्यालयले गत महिना गरिएको कार्य सम्पादनको जानकारी गराएका थिए भने कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाका बारेमा कार्यालय प्रमुखहरु एवं नि प्रजिअ पन्तले जवाफ दिएका दिए ।

पत्रकार भेटघाटका अवसरमा पत्रकारहरुले बिद्युत वितरण अनियमित भएको बारे जिज्ञासा राखेका थिए । यस सम्वन्धमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुखले यो सिस्टमले भएको जानकारी दिँदै प्राधिकरणको कुने गल्ती नभएको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.