भलले बगाएर मृत्यु भएकी बालिकाका आफन्तलाई रु १ लाख राहत रकम हस्तान्तरण !

बागलुङ २०७६ भदौ ५ । गत भदौ १ गते ४ बजेको समयमा बडीगाड गाउपालिका ७ भिङगिठेमा आएको मुसलधारे वर्षाका कारण आएको भलले बगाएर मृत्यु भएकी बालिकाका आफन्तलाई जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट दिईने रु १ लाख रुपया राहत आज वितरण गरिएको छ । स्थानीय बुद्धिबहादुर परियारकी ८ वर्षिया छोरी शर्मिला परियार बिद्यालयबाट घरतिर आउदै गर्दा थाम्का सैरेनी मोटरबाटोको थम्का दोबटा भन्ने ठाउँमा माथीबाट आएको भेल तर्न लाग्दा बगाएर मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङले ईलाका प्रशासन कार्यालय बुर्तिवाङ मार्फत आजै रु १ लाख राहत रकम प्रदान गरेको निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले जानकारी दिए । सो राहत रहम आजै ईलाका प्रशासन कार्याललय बुर्तिवाङका नासु लोकबहादुर कुँवरले हस्तान्तरण गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.