अपडेट : कुनपा-२ खुर्कोटमा आज बिहान पहिरोले घर पुर्दा घरधनीको मृत्यु !

पर्वत २०७६ भदौ ५ । कुस्मा नगरपालिका वडा नं २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिएको छ । घरमा ७० वर्षीय घरधनी रेमबहादुर चालिसेमात्र रहेको अवस्थामा पहिरोले घर पुरिएको स्थानीयको भनाई छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने सम्पर्कविहीन चालिसेको खोजतलास भैरहेको छ ।

पहिरो जाँदाका बखत घरमा चालिसे मात्र रहेको पनि स्थानीयको भनाई छ । चालिसेकी श्रीमती हिँजो मात्रै छोरीको घरमा गएको र उनका दुईभाई छोराहरु गाउँ बाहिर रहेको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिएको सूचना पाए लगत्तै सांसद, प्रजिअ, नगरप्रमुख लगायतका महानुभावहरु घटनास्थल पुगेका छन् ।

अपडेट
घरमा एक्लै सुतिरहेका चालिसेको शव सिरक भित्रबाट बिहीबार बिहान ११ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निकालेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.