बानपा-३ गुठी स्थित नागरोडको सडक भासियो !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ ५ । बागलुङ नगरपालिका ३ गुठीको नागरोडमा फुट्स हलको पश्चिम तर्फको जमिन ८ मिटर लम्वाई ५ मिटर चौडाई र ३ मिटर उचाई सडक भासिएको छ । तीन दिन पहिले भासिएको सडकको आज नगर प्रमुख जनकराज पौडेलले अवलोकन गरी तत्कालै भासिएको जमीनलाई पुर्ने निर्देशन दिएका छन् ।

सडक निर्माण गर्दा पानीको निकास पुरिएका कारण पानीले निकास खोज्दा भासिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । तर यसरी सडक मुनीको भाग भासिनुको कारण विज्ञहरुबाट सोधखोज गरिनु पर्ने त्यहाँका बासिन्दाको माग रहेको छ । चन्द्र खड्काको घर अगाडिको जमिन भासिंदा स्थानीय हरु चिन्तामा परेका छन ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.