वल्ड च्याम्पियनसिप खेल्न बागलुङका तिन खेलाडी बुल्गेरिया जादै

कविता घर्तीमगर, बागलुङ २०७६ भदौ ५ । बागलुङ जिल्ला बुर्तिबाङका आकाशचन्द्र घर्तीमगरसहित जिल्लाबाट मात्रै तिन जना खेलाडी विहीबार राति बुल्गेरिया प्रस्थान गर्दै छन् । घर्तीमगरसंगै सोहि स्थानकी बसन्ती बुढामगर, दिनेश बुढामगर उक्त स्थान प्रस्थान गर्न लागेका हुन् ।

उनिहरु बुल्गेरियाको पाल्मोदिप शहरमा आगामी अगस्त २४ देखि ३० तारिखसम्म हुन गईरहेको २१ औ आईटिएफ तेक्वान्दो वल्ड च्याम्पियन्सिपमा प्रतिस्पर्धा गर्ने छन् । टोलीमा बाग्लुङका ३ खेलाडीसहित नेपालको तर्फबाट २५ सदस्य टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउदै छन् । जसमा १ जना ब्यवस्थापक, २ जना अम्पायर,४ जना अफिसियल,२ जना कोच,१ जना पत्रकार तथा १५ जना खेलाडी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.