पत्रकार कँडेल र लामिछानेको रिहाईको माग गर्दै बिहुँमा निस्कियो जुलुस !

भरत प्रसाद सापकोटा, बिहुँ बागलुङ २०७६ भदौ ५ । पत्रकार युवराज कँडेलको जन्मस्थल बिहुँमा ‘भ्रष्ट, तस्कर र दलालहरु होसियार !’ लेखिएको व्यानर सहित बुधवार बिरोध प्रदर्शन गर्दै पत्रकार शालिकराम पुडाशैनीको मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका पत्रकार रबि लामिछाने र युवराज कँडेलको रिहाईको माग गरिएको छ ।

सदरमुकामसंग जोडिएको काठेखोला गाउपालिकाको बिहुमा बुधबार बिहुँको पोखराबाट शुरु भएको जुलुस प्रदर्शन अमर माबि, घुम्ती हुँदै पुन पोखरामा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा पत्रकार कँडेलका काका भवदत्त कँडेल, राजु सापकोटा, सन्तोष पुन तथा पत्रकार भरत सापकोटाले पत्रकार व्दय लामिछाने र कँडेलको रिहाईको माग गरेका थिए ।

कँडेलको जन्म गाउँमा भएको बिरोध प्रदर्शनमा सरकारी दमन बन्द गर रवि युवराज जिन्दावाद हत्यारालाई फाँसी दे पुडासैनीलाई न्याय दे लगायतका नारा लगाइएको थियो ।
बागलुङ सदरमुकाममा पनि यस अघी विरोध प्रदर्शन गरी पत्रकार व्दयको रिहाईको माग गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.