निसीखोला गाउँपालिकाव्दारा वडा नं ३ र ४ का २७ गर्भवतीलाइ आयो नुन र अण्डा वितरण !

हेम विश्वकर्मा बुर्तिबाङ २०७६ भदौ ४ । निसीखोला गाउँपालिकाले सबै महिलालाई स्वास्थ्य चौकीमै सुत्केरी गराउने अभियानको सफलताका लागि गर्भजाच गर्ने ४, ६, ८ र ९ महिनाका गर्भवतीहरुलाई आयोडिन नुन र अण्डा बितरण गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

जसअनुसार निसिखोला गाउँपालिका स्थित वडा नं ३ र ४ का २७ जना गर्भवती महिलाहरुलाई स्वास्थ्यचौकीले आयो नुन र अण्डा बितरण गरिएको छ । आज बोहोरागाउँ स्वास्थ्यचौकीमा आयोजित एक कार्यक्रमका बिच गर्भवती अवस्थामा रहेका महिलाहरुलाई पोषणयुक्त खाद्य पदार्थ बितरण गरिएको हो ।

निसीखोला गाउँपालिकाको आर्थिक सहयोग र बोहोरागाउँ स्वास्थ्यचौकीको संयोजनमा गर्भ अबस्थामा रहेका र नियमित स्वास्थ्य जाँच गराउने २७ जना गर्भवती महिलालाई १ पोका नुन र १ क्यारेट अण्डा बितरण गरिएको बताइएको छ ।

सोही अवसरमा बोहोरागाउँ स्वास्थ्य चौकी संञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं ३ का वडा अध्यक्ष जुन बिक्रम शाहीले महिलाहरुलाई अन्डा विरतण गर्दै गर्भाबस्थामा स्वास्थ्य परीक्षणको धेरै महत्व रहेको बताएका थिए । उनले आफु र आफ्नो बच्चाको स्वास्थ्यको लागी पौष्टीक खानेकुरामा ध्यान दिन आग्रह गरेका छन ।

अझैपनि गाउँघरमै सुत्केरी गराउने परमपर कायमै रहेकाले कति महिलाहरुको अकालमै ज्यान समेत जाने गरेको छ । यो अभियानले लक्षित समुदायलाई उत्साहित गराउने बिश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।

गर्भजाचले महिला र बच्चा दुबैको स्वास्थ्यका लागि सहयोग पु¥याउने स्वास्थ्यचौकीका प्रमुख राम बहादुर खड्काले बताउनुभयो । गर्भवती आमा र बच्चाको स्वास्थ्यका लागि पोषिलो खाना खुवाउनुपर्ने भएकाले परिवार र समाजलाई सन्देश पु¥याउने उदेश्यका साथ यो कार्यक्रम को आयोजना गरिएको उहाँले बताए ।

स्वास्थ्यचौकीमा नियमित गर्भजाँच गराउन आउने ४, ६, ८ र ९ महिनाका गर्भवतीहरुलाई आयोडिन नुन र अण्डा उलब्ध गराउने स्वास्थयचौकीले जनाएको छ ।

वडा अध्यक्ष शाहीको अध्यक्षता रहेको कार्यक्रममा, स्थानिय जनप्रतिनि व्यवस्थापन समितिका सदस्यहरु स्वास्थ्यकर्मी लगाएतको सहभागीता रहेको थियो भने सञ्चालन बोहोरागाउँ स्वास्थ्य चौकीका सिनियर अहेव कसिन्द्र शाहिले गरेका थिए ।
गर्भवती महिलाले अण्डा खाँदा यस्ता छन् फाइदाहरुः

गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामा भन्दा दुइ सय देखि तीन सय सम्म थप क्यालोरी आवश्यकता पर्दछ । यो क्यालोरी आमा र गर्भको बच्चा दुबैको लागि आवश्यक हुन्छ । एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुने चिकित्सकहरु बताउँछन् । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति गर्न सक्छ ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भ्रुणको राम्रोसँग विकाश हुन पाउँछ ।

अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्न खाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकाश हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.