ढोरपाटन नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीका दिन बुर्तिवाङमा तीज विशेष कार्यक्रम गर्ने !

सुमन सुनार, बुर्तिबाङ २०७६ भदौ ४ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ढोरपाटन नगरपालिकाले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
“महिलाहरु माथि हुने सवै प्रकारका विभेद हटाऔँ, समाज विकासमा महिलाहरुको भुमिकालाई सवल बनाऔँ” भन्ने मूल नारा सहित यहि भदौ ६ गते श्रीकृष्ण जन्माष्टमीका दिन भव्य तीज विशेष कार्यक्रमको आयोजना गरिएको ढोरपाटन नगरपालिकाकी नगर उप–प्रमुख करमती पुनले जानकारी दिईन । नगर उप–प्रमुख पुनका अनुसार, खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता, ६० वर्ष माथिका एकल महिला तथा ७० वर्ष भन्दा माथिका बृद्ध महिला सम्मान लगायतका कार्यक्रमको आयोजना गरिएको नगर उप–प्रमुख करमती पुनले बताईन ।

खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा प्रथम हुने प्रतियोगी समुहले रु. २५ हजार, व्दितिय हुने समुहले रु. २० हजार र तृतिय हुने प्रतियोगीले रु. १५ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी बन्न चाहने प्रतियोगीहरुले महिला विकासमा जनप्रतिनिधीको भुमिका, महिला सशक्तीकरण एवम मौलिक कला संस्कृतीसंग सम्बन्धीत प्रस्तुती राख्नुपर्नेे उप–प्रमुख पुनको भनाई छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु साथै गीतको माध्यमबाट सामाजिक सचेतना फैलाउने प्रमुख उद्देश्यले प्रतियोगितामा फरक विषय बस्तुलाई समेट्ने प्रयास गरिएको उनले बताईन् । प्रतियोगिताको नाम दर्ता निःशुल्क गरिएको र सहभागीताका लागि ७ देखि १० जनाको समुह हुनुपर्ने पुनको भनाक्ष्ए छ ।

कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रमुख अतिथिका रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उद्योगी, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको तयारी तिब्र पारिएको पोखरेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.