दुखद खबर : १९ वर्षिया गर्भवती ईश्वरी बुढाको उपचारको क्रममा पोखरामा निधन !

बुर्तिवाङ २०७६ भदौ ४ । मंगलबार थप उपचारार्थ हेलिकप्टरव्दारा पोखरा पुराईएकी गर्भवती महिलाको पोखरामा दुखद निधन भएको छ । अचेत अवस्थामा रहेकी १९ वर्षिया गर्भवती ईश्वरी बुढाको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछी उनलाई चिकित्सकको सल्लाह र पत्राचार पछी हेलिकप्टरबाट पोखरा स्थित गण्डकी अस्पतालको आईसियुमा भर्ना गरी उपचार भैरहेको थियो ।

ढोरपाटन नगरपालिका वडा नं ६ छालहाल्ना पुरानोगाउँकी १९ वषिया गर्भवती ईश्वरी बुढा eclampsia बाट बेहोस भै खतरापूर्ण अवस्थामा रहेकीले स्वास्थ्य केन्द्रको आग्रहमा सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशको विशेष सहयोगमा नि:शुल्क हेलिकप्टरको व्यवस्था भएपछी निज गर्मवती महिलालाई तत्कालै पोखरा लगिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.