आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण !

बागलुङ २०७६ भदौं ४ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्य सावित्री के.सीको सासु आमा गौरी के.सीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–२ निवासी के.सीको ७२ वर्षको उमेरमा साउन २४ गते निधन भएको थियो ।

जि.सीको निधन भएको १२ औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. अन्जु, सञ्चालक गिता खड्का, कमल लामिछानेले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रु. पाँच हजार रुपैया स्वर्गीय के.सीको परिवारलाई हस्तान्तरण गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.