इस्कोन नेपालले श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्यरुपमा मनाउने तयारी !

कोपिला कँडेल, बागलुङ २०७६ भदौ ४ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल )ले बागलुङ सदरमुकाममा भगवान श्रीकृष्णको जन्माष्टमी पर्वलाई भब्य रूपमा मनाउने निर्णय गरेको छ । विगत ७ वर्षदेखी बागलुङमा इस्कोन नेपालले भगवान श्री कृष्ण जन्माष्टमी महोत्सव श्रद्धापूर्वक भव्यरुपमा मनाउदै आएको छ ।

हिन्दु संस्कार अनुसार यहि भदौ ६ गते परेको भगवान श्री कृष्णको जन्मोत्सवलाई सबैले भब्य र सभ्य रुपमा मनाउने निर्णय गरिएको कृष्ण भावनामृत संघ (इस्कोनका प्रमुख प्रदिप भण्डारी प्रमेश्वर अच्युत दासले ईबागलुङलाई बताए । ईस्कोनले श्रीकृष्ण जन्माष्टमीको पावन अबसरमा बागलुङ नगरपालिका अन्र्तगत अन्तर माध्यमिक बिद्यालयका बिद्यार्थी बिच बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको परमेश्वर अच्युत दासले बताए ।

कार्यक्रमको मुल समारोह भदौ ६ गते बालमन्दिर सभाहलमा अपरान्ह ४ बजेदेखी राति १२ बजे सम्म संचालन गरिने उनले बताए । अहिले धर्मको नाममा बढ्दै गएको विकृति बिसंगतिलाई हटाई सबैलाई नैतिकवान र चरित्रवान बनाउनका लागि ईस्कोनले चलाएको अभियानलाई सबैले साथ दिनुपर्नेमा उनको जोड थियो । कृष्णाष्टमी पर्वका अवसरमा बालमन्दिर सभाहलमा उपस्थित भई भगवान श्रिकृष्णको जन्मोत्सवलाई भव्य र सभ्य बनाईदिन ईस्कोनले सबैलाई आग्रह समेत गरेको छ ।

फाईल तस्वीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.