बाँसखोला गाउ समन्वय समितिले तीजी कार्यक्रमको आयोजना गर्ने

गल्कोट २०७६ भदौ ३ । समाजमा हराउदै गएको कला सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आज गल्कोट नगरपालिका ९ बाँसखोलामा बृहत छलफल गरिएको छ । स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमी एवं महिलाहरुको बृहत बठकले स्थानीय छमबहादुर रानाको अध्यक्षतामा २१ सदस्यीय गाउँ समन्वय समिति गठन गरेकोे छ । सोहि बैठकले ११ सदस्यीय सल्लाहाकार समितिपनि चयन गरेको छ ।

सहकर्मी शिशिर मल्लका अनुसार यस समितिले बिगत वर्षहरुमा जस्तै महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा गल्कोट नगरपालिका वडा नं ९ भित्रका सावकका वडाहरुबाट खुला प्रतियोगितात्मक तीजगीत तथा नृत्य प्रतियोगिता, एकल तथा सामुहिक नृत्य लगायतका कार्यक्रमको आयोजन गर्ने भएको छ ।

बिगतमा स्थानीय क्लबहरुको आयोजनामा तीजी कार्यक्रम हुँदै आएकोमा समयका् माग अनुसार यस क्षेत्रमा बस्ने माईती छोरीहरुलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले ग्रामीणबस्तीका पुराना रीतिरिवाज, लोपोन्मुख भाकाहरु झल्किेने गीत, परम्परागत नृत्य तथा चर्खे पीङ, लठे पीङ, आदि कार्यक्रमहरुको आयोजना गरिने नवगठित समन्वय समितिका अध्यक्ष छमबहादुर रानाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.